१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाता शिक्षाका लागि मोबाइल भ्यान सञ्चालन सुरु

२४ बैशाख २०७४, आईतवार १२:४१

बैशाख २४, काठमाडौँ । निर्वाचन आयोगले मोबाइल भ्यानका माध्यमबाट मतदाता शिक्षा दिने कार्य आजदेखि सुरु गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग परिसरमा आयोजित समारोहमा उक्त कार्यको शुभारम्भ गर्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै उहाँले भौगोलिक विकटता, सञ्चार र यातायातको असुविधाका बाबजुद निर्वाचन कार्यक्रम निकै उत्साहजनक रुपमा अघि बढिरहेको बताउनुभयो । 

डा यादवले भन्नुभयो, “बदर मत घटाउन र सदर मतको सङ्ख्या बढाउन मतदाता शिक्षा ज्यादै आवश्यक छ, आयोगले आजदेखि विशेष किसिमको मतदाता शिक्षाको अभियान सुरु गरेका छौँ, यो अभियान सहज र सघनरुपमा मतदाताको घरदैलो र टोलटोलमा पु¥याइनेछ ।” 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन निर्वाचन आयोगबाट विभिन्न तहमा अनुगमनकर्ता परिचालन गरिएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदानका लागि मतदातालाई प्रेरित गर्ने कार्यमा जुट्न सबैलाई आह्वान गर्नुभयो । 

आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि आयोगबाट २१ हजारको सङ्ख्यामा सामाजिक परिचालक र शिक्षक खटाइको जानकारी दिनुभयो । 

आयोग परिसरबाट मतदाता शिक्षाको सन्देश प्रचारप्रसार गर्दै तीनवटा मोबाइल भ्यान पाटन, भक्तपुर र बालाजुतर्फ छुटेका थिए । सन्देशमा मत सङ्केत गर्ने तरिका, स्वस्तिक छापको प्रयोग, मतपत्र पट्याउने तरिकालगायतका बारेमा जानकारी दिने र मतदातालाई मतदानका लागि प्रेरित विषयवस्तु समेटिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? परराष्ट्रमन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै आजको मौसम: पहाडी तथा तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले कार्यभार सम्हाल्दै भने, ‘रोकिएको आईपीओ चाँडै निष्काशन गर्छौं’ पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्?