२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आलु खेतीमा सुक्ने रोग, कृषक मर्कामा

२३ मंसिर २०७२, बुधबार ११:२४

विमल धामी, मंसिर २३, कञ्चनपुर / कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी–बेल्डाँडी नगरपालिका क्षेत्रमा आलु खेतीमा सुक्ने रोग लागेको छ ।
आलु पाक्ने समयमा आलुको बिरुवा सुकेपछि कृषकहरु मर्कामा परेका छन् । एकिकृत जल स्रोत व्यवस्थापन आयोजनाले जिल्ला कृषि विकास कार्यालय कञ्चनपुर मार्फत अनुदानमा वितरण गरेको आलुखेतीमा रोग लागेको हो ।

असोज तेस्रो साता देखि लगाएको आलु मंसिर दोस्रो साता देखि आलु सुक्न थालेको कृषकहरुले बताएका छन् । आयोजनाले उक्त क्षेत्रका कृषकहरुलाई अनुदानमा आलुको बिउ वितरण गरेको थियो । अधिकाँस कृषकहरुको आलुखेती सुकेको छ ।

यस क्षेत्रका कृषकहरुले व्यवसायिक र घरयासी प्रयोजनका लागि आलुखेती गरेपनि सबैको आलु सुकेको कृषकहरुले बताएका छन् । आयोजनाले कृषकहरुलाई तालिम, प्राविधिक ज्ञान र अनुदानमा बिउ, औषधी उपलब्ध गराएपनि आलु सुकेपछि कृषकहरु दोहोरो खेतीबाट बञ्चित भएका छन् । जमिन माथीको हरियो बिरुवा सुकेको छ, भने दाना पनि लागेको छैन् ।

बेल्डाँडी नगरपालिका १ झर्नासागरकी कृषक कलावती जोशीले व्यवसायिक रुपमा गरेको पुरै आलु सुकेको छ । जोशीलाई आयोजनाले अनुदानमा दिएको अढाई क्विन्टल आलुको बिउ खेती पुरै सुकेको हो । उनले चार कट्टा जमिनमा लगाएको आलु सुकेपछि लगानी खेर गएको भन्दै चिन्तित भएका छन् ।

‘व्यवसाय गर्न यस वर्ष आलु खेती गरे, गहुँ र धानखेती खेर गयो ।’, उनले भने ‘यस वर्षको दुवै खेती खेर गयो ।’
यस्तै बेलौरी नगरपालिका १२ का रुपसिह थापाको पनि आलुखेती सुकेको छ । उनले दुई कट्टा जमिनमा लगाएको आलु सुकेको छ । आलुमा दाना नलाग्दै आलु सुकेको छ ।

आलुमा रोग लाग्ने बेला औषधी हालेपनि रोग लागेको उनको भनाई छ । ‘विगतमा बजारबाट ल्याएको बिउ राम्रोसंग फल्थ्यो, तर अनुदानको बिउ पलाउने बेला सुक्यो ।’, उनले भने ‘यस वर्ष आफ्नो लगानी खेर गयो ।’ जोशी, थापा जस्तै यहाँका अनुदानमा बिउ पाएर आलुखेती गरेका कृषकहरुको आलुखेती सुकेपछि विचल्लीमा परेका छन् ।उनीहरुले सरकारी अनुदानमा पाएको बिउ नै सुकेपछि आफुहरुलाई सरकारबाटै घोका भएको गुनासो गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले आलुका डढुवा रोग लागेको हुनसक्ने बताउनुभयो ।

कृषकहरुलाई प्राविधिक तालिम दिएपनि कहिकतै कृषकहरुको कमजोरीका कारण पनि आलुखेतीमा सुक्ने रोग लागेको हुनसक्ने थापाले बताउनुभयो । उहाँका अनुसार मौसमका कारण पनि आलुखेतीमा संसारभर रोग लाग्छ ।

कृषकहरुको प्राविधिक कमजोरी र मौसमका कारण रोग लागेको बरिष्ठ कृषि विकास अधिकृत थापाले बताउनुभयो । पिबिएसका लागि समेत सो क्षेत्रमा आलु खेती गरिएको छ । ‘कहिलेकाही जमिनमुनी र बिउमा समेत टिकाणु हुन्छन् जसका कारण पनि आलुमा रोग लाग्छ ।’, उनले भने ‘त्यहाँ के कारण रोग लागेको हो, अध्ययन गछौँ ।’

उहाँका अनुसार आयोजनाले कृषि विकास कार्यालय मार्फत उक्त ग्रामिण क्षेत्रमा ५ हेक्टर जमिनमा आलुखेती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली