३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दश वर्ष देखि झिलमिलाका खेत बाँझै

२४ मंसिर २०७२, बिहीबार १०:०७

विमल धामी, मंसिर २४, कञ्चनपुर / कञ्चनपुरको बेल्डाँडी नगरपालिका ११ झिलमिलाका खेत दश वर्ष देखि बाँझै अवस्थामा छन् । उब्जनीका हिसाबले निकै अव्बल खेतमा सिपेच बढेपछि झण्डै एक दशक देखि झिलमिलाका खेत बाँझै अवस्थामा रहेका हुन् ।
विस २०५१ सालमा निर्माण भएको महाकाली सिँचाई दोस्रो चरणको नहरका कारण सिपेज बड्डै गएकाले खेतीयोग्य भूमि दलदलमा परिणत भएको छ । दलदलमा परिणत भएको भूमिमा खेतीपाती गर्न नसकिने भएकाले जताततै खेतभरी हरियो पटेरोले भरीभराउ भएको छ ।

विस २०६२ साल देखि खेतमा पानी चुहिएका कारण यहाँका खेतभरी (काम नलाग्ने घाँस) पटेरो मात्रै उम्रिएको छ । नहर आउँनुभन्दा पहिले हरेक किसिमका बालीनाली हुने खेतहरु अहिले बाँझै अवस्थामा रहेपछि स्थानियहरु दैनिक गुजारा संचालन गर्न भारततिर गएका छन् । पुरै वडाका पुरुषहरु अहिले पेट पाल्नका लागि भारतका विभिन्न स्थानमा रोजगारी गर्न बाध्य भएका छन् । घरखेतले बर्षभरी खान लाउन पुग्ने भएपनि खेतमा खेती गर्न नसकिएपछि उनीहरु बाध्य भएर भारततीर लागेका हुन् । खेत दलदलमा परिणत भएपछि अधिकाँसले घर पनि सारेका छन् । उनीहरुले नहरकै छेउमै कच्ची घर बनाएका छन् ।

झिलमिलाकी राधिका रोकाया संग १० कट्टा जमिन छ, तर उनका श्रीमान रामु रोकाया भारतको दिल्लीमा मजदुरी गर्न बाध्य छन् । परिवार संख्या ५जना मात्रै रहेको रोकायाको घरमा १० कट्टा जमिनले बर्षभरी खान लाउनका साथै अन्न बिक्रि गरेर घरखर्च चलेपनि भएको खेत काम नलाग्ने भएपछि उनी बाध्य भएर भारतमा रोजगारी गरिरहेका छन् ।

राधिका रोकायाले नहर आउँनुभन्दा पहिले राम्रो खेतीहुने गरेको बताउदै, नहर आएपछि बर्षै पिछे उत्पादन घट्दै भएको बताईन् । ‘हामीले खेतीपाती गर्न छोडेको १० बर्ष भयो ।’, उनले भनिन् । ‘खेतमा जाँदा आधा मानिसको शरिर भूमिका डुब्छ ।’ घरमा खेती नहुने भएपछि आफ्नो श्रीमान परिवारको जोह गर्न भारतीर गएको भन्दै भारतको कमाईले घरखर्च चलाएको उनले बताईन् ।

रोकाया जस्तै लक्ष्मी देवि उपाध्ययको डेढ विगाह जमिन पनि दलदलमा परिणत भएपछि खेतभरी पटेरो मात्रै छ । उनको सिङगै खेत बाँझै छ । खेतीपाती नहुने भएपछि उनका श्रीमान सहित तिन छोराहरु भारतको बङलोरमा रोजगारी गर्न बाध्य छन् ।

घरमा खेती नहुने भएपछि दैनिक छाक टार्न समस्या भएकाले श्रीमान सहित छोराहरुले पनि विचमै पढाई छोडेर रोजगारीका लागि भारत गएको उनले बताईन् । विगतमा धान, गहुँ, मकै, कोदो, भटमास, मसुर लगायतका बाली लगाएर घर खान र बिक्रि गर्न हुने गरेको बताउदै, खेत बाँझै भएदेखि सबै थोक किनेरै खाने गरेको लक्ष्मीले बताईन् । ‘पहिले खेती राम्रो हुन्थ्यो, केही किन्नु पर्दैन्थ्यो, आजभोली खेतीपाती छैन् सबैथोक किन्नु पर्छ ।’, उनले भनिन् ‘खेत त, तर यस्तो खेतले के गर्ने ?’

यस्तै झिलमिलाकै मनकला देवि शाहको पनि एक विगाह जमिन छ । उनको जमिन जलमग्न भएपछि नत, माछा पाल्न जस्तो छ, नत खेती जस्तो छ । विगतमा आफ्नै हातले गरेको खेतीबाट दैनिक गुजारा चलाएपनि आजभोली भने, बजारको अन्न किनेर खानु परेको उनको दुखेसो छ । ‘पहिले हामी बजारमा चामल, दाल बिक्रि गर्दथ्यौँ ।’, उनले भनिन् ‘खेतमा यस्तो अवस्था आएपछि बजारबाट हामिले किन्नु परेको छ ।’ आफ्नै जमिनमा उत्पादन भएको खेतीबाट घरखर्च संचालन हुँदै आएको बताउदै, खेत बिग्रेपछि आफ्ना श्रीमान भारतको गुजरातका मजदुरी गर्न बाध्य भएको उनको दुखेसो छ । नामको मात्रै जमिन काम नलाग्ने भएको उनको भनाई छ ।

स्वदेशमै सरकारी रोजगारी र व्यवसाय गर्नेका छोराछोरी बाहेक खेतीपातीमै जिवन निर्वाह गर्दै आएका किसानका सन्तानले राम्रो संग विद्यालय जान नपाएरै विचमै विद्यालय छोडेर छोरा भारत, छोरीले बिहे गर्न विवश भएका छन् । छोरा अलि ठुलो भएपछि सानोतिनो रोजगार गर्न भारततिर र छोरीको १५ बर्ष कटेपछि बिहे गरिदिने बाध्यता नै भएको छ ।

झिलमिलाका युवा चक्र्र शाह र सुरेन्द्र खडका लगायतका युवाहरुले स्वदेशमा राम्रो सपना देखेपनी घरममा बिहान साँझ छाक टार्न नै समस्या भएपछि बाध्यताले भारततिर नचाहदा नचाहदै पनि मजदुरी गर्न जानु परेको छ । सरस्वती जनता माध्यामिक विद्यालय अध्ययतर शाह र खडका माध्यामिक सम्मको शिक्षा अधुरै छाडेर पेटको जोह गर्न विदेशतिर लागेका हुन् ।

खेतीपातीमै निर्भर उनीहरुको परिवारमा विद्यालय छाडेर बाँच्नुको विकल्प थिएन् । विदेशमा वर्षभरी कमाएर ल्याएको पैशाले उनीहरुले घरखर्च चलाएका छन् । जमिन भएपनि विचमै जमिनको यस्तो नाजुक अवस्थाका कारण आफुहरुको पढाईका साथै सपना चकनाचुर भएको उनीहरुको गुनासो छ । उक्त जमिन सुधारका लागि सरकारी पक्षबाट ठोस पहल नहुँदा झिलमिलाका कृषकहरु चिन्तित बन्दै गएका छन् । उनीहरुले उक्त जमिन पहिलेको अवस्थामा परिणत होला भन्ने कल्पना समेत गरेका छैनन् ।

बेल्डाँडी नगरपालिका कार्यालयले भने, बजेट अभावका कारण सिपेज हटाउन नसकिएको जनाएको छ । बेल्डाँडी नगरपालिका कार्यालयका सव–इन्जिनियर तेज बहादुर सुनाले स्थानिय निकाय संग प्रर्याप्त बजेट अभावका कारण उक्त खेतहरु सुधार गर्न नसकेको बताउनुभयो । नगरपालिकाले विभिन्न सरकारी कार्यालय संग नगर भित्रका खेत सुधारका लागि पहल गर्ने बताउनुभयो ।

सिँचाईकै कारण उक्त जमिन यस्तो हुँदाका परिमाणले मानिसको जिवनमा देखिएका असर छिट्टै समाधान गर्न महाकाली सिँचाई लागि परेको सिँचाईका पदाधिकारीले बताएका छन् ।

महाकाली सिँचाई जल उपभोक्ता संघ द्वितिय चरणका क्षेत्रिय अध्यक्ष भीम थापाले सिँचाईले झिलमिला लगायत दक्षिणी क्षेत्रको दलदल जमिन खेतीयोग्य बनाईने बताउनुभयो । सिँचाई प्रणाली सुधार कार्यक्रम अन्र्तरगत उक्त क्षेत्रका ३८ करोड बजेट बराबरको कार्यक्रम संचालन हुने भएकाले सिँचाईका कारण बिग्रेको जमिन पुन ःपहिलेकै अवस्थामा फकाईने अध्यक्ष थापाको भनाई छ ।

सिपेज क्षेत्रमा डे«न्च निर्माण गरेर पानी निकासका साथै लिगलाई बन्द गरिने छन् । दक्षिणी क्षेत्रको सबै दलदल भूमि खेतीयोग्यमा परिणत गराईने अध्यक्ष थापाको दावि छ । स्थानियहरुका अनुसार झिलमिलामा मात्रै ३ देखि ४ हजार विगाहसम्म जमिन काम नलाग्ने अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो