2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

ढिस्कोमा पुरिएर एकको मृत्यु, एक जना घाइते

जेठ २७, गोरखा । माटोको ढिस्कोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नवलपरासी गैंडाकोट नगरपालिका– ९ थुम्सेका २८ वर्षीय गोविन्द सुवेदीको रहेको छ । 

गोरखाको सिरानचोक गाउँपालिका– ५ छोप्राकस्थित मण्डली माध्यामिक विद्यालयको भवन पुनःनिर्माण गर्दै गर्दा आज बिहान अकस्मात खसेको माटोको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको हो । ढिस्कोमा पुरिएर घाईते भएका अर्का मजदुर सोही ठाउँका १८ वर्षीय सुवास गन्धर्वको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

भूकम्पले क्षतिग्रस्त मण्डली माविमा जाइका नामक संस्थाले नयाँ भवन निर्माण गरिरहेको छ । भवन छेउको टेवा पर्खालको ढुङ्गा निकाल्ने क्रममाः माटोको ढिस्को खस्दा सुवेदीको मृत्यु भएको प्रधानाध्यापक रुद्रनाथ पोखरेलले बताउनुभयो । 

ढिस्कोले पुरिएका सुवेदी र गन्धर्वलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि गोरखा अस्पताल ल्याएका थिए । उपचारका क्रममाः सुवेदीको मृत्यु भएको र गन्धर्वको स्वास्थ्यमा भने सुधार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता