२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लोकप्रिय गन्तव्य बन्दै नवलपरासीको प्राकृतिक चिकित्सालय

३० जेष्ठ २०७४, मंगलवार ०३:३३

पुरुषोत्तम सुवेदी/जेठ ३०, नवलपरासी । नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय बिरामीका लागि निकै लोकप्रिय गन्तव्य बन्दै गएको छ । 

विशेषगरी आधुनिक औषधि उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन घुइँचो बढेको छ । 

चिकित्सालयमा औषधिरहित प्रद्धतिबाट उपचार सेवा प्रदान गरिँदै आएको छ । २०६३ सालमा स्थापना भएको चिकित्सालयले २०६४ सालदेखि उपचार सेवा प्रारम्भ गरेको थियो । 

यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । हाल यस चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देश र विदेशबाट उपचार सेवा लिन आउने गरेका छन् । 

चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको विमार निको हुँदै गएको छ । बिरामीका लागि दूधका लागि गौपालन र अर्गानिक तरकारी र जडीबुटी खेती चिकित्सालयले नै गरेको छ । 

हाल यस चिकित्सालयमा ८२ बिरामीलाई आवासीयरुपमा उपचार सेवा दिन सकिन्छ । मासिक करिब रु नौ लाख खर्च आउने यस चिकित्सालयले बिरामीबाटै सङ्कलन गर्ने न्यून उपचार शुल्कबाट चिकित्सालय सञ्चालन भइरहेको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताउनुभयो । 

दस बिगाहा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयलाई २०६८ सालमा नेपाल सरकारबाट सो जग्गाको भोगाधिकार प्राप्त भएको थियो । 

अघिल्लो समयमा बिरामीको खासै चाप नभएपनि अहिले बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको चिकित्सालयका सहायक निर्देशक डा विनोद पौडेलले बताउनुभयो । 

यस चिकित्सालयले १५ वर्षे कार्ययोजनासमेत तयार गरेको छ जसअन्तर्गत प्राकृतिक चिकित्सा र योगमा अनुसन्धानसमेत गर्ने लक्ष्य छ । 

यस चिकित्सालयलाई ३०० श्ययाको बनाउने र यस विधाको शीक्षण अस्पताल स्थापना गरी प्राज्ञिक जनशक्ति उत्पादन गर्ने योजना रहेको चिकित्सालयका व्यवस्थापक सापकोटाको भनाइ छ । 

हाल यस चिकित्सालयमा विभिन्न रोगका समस्या लिएर आउने बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ । सरकारले नीति तथा कार्यक्रममा नै राखी यसको वृद्घि विकासमा ध्यान पु¥याउन सकेमा आर्थिकरुपमा विपन्न वर्गले समेत सजिलैसँग उपचारमा पहुँच राख्न सक्ने थिए । 

यसो गरिएमा सरकारले उपलब्ध गराउन खोजेको गरिबीका रेखामुनिका जनताका लागि स्वास्थ्य सेवा अब्बल ढङ्गले पुग्ने देखिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने