2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लोकप्रिय गन्तव्य बन्दै नवलपरासीको प्राकृतिक चिकित्सालय

पुरुषोत्तम सुवेदी/जेठ ३०, नवलपरासी । नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय बिरामीका लागि निकै लोकप्रिय गन्तव्य बन्दै गएको छ । 

विशेषगरी आधुनिक औषधि उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन घुइँचो बढेको छ । 

चिकित्सालयमा औषधिरहित प्रद्धतिबाट उपचार सेवा प्रदान गरिँदै आएको छ । २०६३ सालमा स्थापना भएको चिकित्सालयले २०६४ सालदेखि उपचार सेवा प्रारम्भ गरेको थियो । 

यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । हाल यस चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देश र विदेशबाट उपचार सेवा लिन आउने गरेका छन् । 

चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको विमार निको हुँदै गएको छ । बिरामीका लागि दूधका लागि गौपालन र अर्गानिक तरकारी र जडीबुटी खेती चिकित्सालयले नै गरेको छ । 

हाल यस चिकित्सालयमा ८२ बिरामीलाई आवासीयरुपमा उपचार सेवा दिन सकिन्छ । मासिक करिब रु नौ लाख खर्च आउने यस चिकित्सालयले बिरामीबाटै सङ्कलन गर्ने न्यून उपचार शुल्कबाट चिकित्सालय सञ्चालन भइरहेको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताउनुभयो । 

दस बिगाहा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयलाई २०६८ सालमा नेपाल सरकारबाट सो जग्गाको भोगाधिकार प्राप्त भएको थियो । 

अघिल्लो समयमा बिरामीको खासै चाप नभएपनि अहिले बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको चिकित्सालयका सहायक निर्देशक डा विनोद पौडेलले बताउनुभयो । 

यस चिकित्सालयले १५ वर्षे कार्ययोजनासमेत तयार गरेको छ जसअन्तर्गत प्राकृतिक चिकित्सा र योगमा अनुसन्धानसमेत गर्ने लक्ष्य छ । 

यस चिकित्सालयलाई ३०० श्ययाको बनाउने र यस विधाको शीक्षण अस्पताल स्थापना गरी प्राज्ञिक जनशक्ति उत्पादन गर्ने योजना रहेको चिकित्सालयका व्यवस्थापक सापकोटाको भनाइ छ । 

हाल यस चिकित्सालयमा विभिन्न रोगका समस्या लिएर आउने बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दो रुपमा रहेको छ । सरकारले नीति तथा कार्यक्रममा नै राखी यसको वृद्घि विकासमा ध्यान पु¥याउन सकेमा आर्थिकरुपमा विपन्न वर्गले समेत सजिलैसँग उपचारमा पहुँच राख्न सक्ने थिए । 

यसो गरिएमा सरकारले उपलब्ध गराउन खोजेको गरिबीका रेखामुनिका जनताका लागि स्वास्थ्य सेवा अब्बल ढङ्गले पुग्ने देखिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो