३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेश्रो चरणको चुनाव असोज २ गते, मनोनयन असार ५ गते

१ असार २०७४, बिहीबार ०७:२६


असार १, काठमाडौं । सरकारले प्रदेश नम्बर २ मा तेस्रो चरणमा चुनाव गर्ने भएको छ । तर प्रदेश नम्बर १, ५ र ७ मा भने असार १४ मानै निर्वाचन हुनेछ । 

निर्वाचन आयोगको असहमति हुँदाहुँदै पनि राजपालाई निर्वाचनमा सहभागी गराउन सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको हो । सरकारले राजपालाई सहमतिमा ल्याउन भन्दै चुनाव असोजलाई सारेपनि राष्ट्रिय जनता पार्टी (राजपा)  भने त्यतिबेलाको चुनावमा पनि आउने/नआउने भन्नेमा अन्यौल देखिएको छ । 

आज सिंहदरबारमा सत्तारुढ दलहरुबीच भएको सहमति अनुसार नै प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो । बैठकमा  कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको सहभागिता थियो । 

प्रदेश २ को चुनाव तेश्रो चरणमा गर्ने भन्ने बिषयमा सत्तारुढ दलले टुङ्गो लगाएपछी अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्ने तयारी छ । 

भोलीको मनोनयन असार ५ गते हुने 

सत्तारुढबीचको वार्तामा २ नम्बर प्रदेशको चुनाव सार्ने सहमति संगै बाँकी प्रदेशका लागि भोलि हुने भनि तोकिएको मनोनयन दर्ता तीन दिन पछि गर्ने सहमति भएको छ । सहमति अनुसार ३ प्रदेशमा निर्वाचनको लागि मनोनयन असार ५ गते हुने भएको छ । 

सत्तापक्षको बैठकपछि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले दुई नम्बर प्रदेशमा चुनाव सार्ने र मनोनयन तीन दिन पछि सार्ने विषयमा सहमति भएको जानकारी दिइन् । प्रवक्ता पम्फा भुषालले भनिन्, ‘मन्त्रिपरिषद् बैठक बसेर आजै यो विषयमा निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली