प्रज्वल पाैडेल/असार २, काठमाडौं । नेकपा एमाले महासचिव इश्वर पाेख्रेलले राजपालाई प्रयाेग गरेर नेपाली काङ्ग्रेसले प्रदेश नं २ काे निर्वाचन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/असार २, काठमाडौं । नेकपा एमाले महासचिव इश्वर पाेख्रेलले राजपालाई प्रयाेग गरेर नेपाली काङ्ग्रेसले प्रदेश नं २ काे निर्वाचन "/>

2026-06-30 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपालाई प्रयाेग गरेर काङ्ग्रेसले निर्वाचन सार्याे: पाेख्रेल

2017-06-16



प्रज्वल पाैडेल/असार २, काठमाडौं ।

नेकपा एमाले महासचिव इश्वर पाेख्रेलले राजपालाई प्रयाेग गरेर नेपाली काङ्ग्रेसले प्रदेश नं २ काे निर्वाचन सारेकाे बताउनुभएको छ ।


शुक्रबार राजधानीमा प्रेस चाैतारी नेपालले अायाेजना गरेकाे अन्तर संवाद कार्यक्रममा बाेल्दै पाेख्रेलले निर्वाचन अायाेग,एमाले र अान्दोलनरत दलकाे असहमति हुदाँहुदै निर्वाचन सारिएको धारणा राख्नुभयाे ।

महासचिव पाेख्रेलले भन्नुभयाे -" केही दिन अघि पुर्व गृहमन्त्री विमलेन्द्र निधिकाे डिजाइनमा प्रदेश नं २ का काङ्ग्रेसकाे सांसदकाे भेलाले अाफ्नाे पार्टी हारिने निष्कर्ष निकालेपछि केन्द्रलाई निर्वाचन सार्नुपर्ने दबाब दिएर सरकारले तेस्राे चरणमा निर्वाचन पुर्याइएकाे जानकारी अाएकाे छ ।

माअाेवादी कसरी फस्याे थाहा भएन ।"

एमालेले देशैभरी एकै चरणमा निर्वाचन गर्नुपर्ने माग गरिरहँदा समेत वास्ता नगरी प्रचण्ड सरकारले दुई चरणमा गर्ने निर्णय गरेकाे बताउँदै पाेख्रेलले भन्नुभयाे-"अहिले फेरि अनेक बहानामा तेस्रो चरणमा गर्ने सरकारकाे तयारी छ जुन अलाेकतान्त्रिक र राष्ट्रिघाती छ ।"


चुनाव सार्ने निर्णय मधेसी जनताको चाहना विपरित रहेको भन्दै उहाँले दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने ठोकुवा गर्नुभयो । उहाँले सत्तारूढ दलकाे चुनाव सारेर गरेकाे गैह्र जिम्मेवारी कार्यकाे एमालेले भण्डाफाेर गर्ने बताउनुभयो ।


पाेख्रेलले असार १४ मा निर्वाचन गर्न निर्वाचन अायाेग, सुरक्षा संयन्त्र सक्षम छ भन्दा भन्दै र उपेन्द्र यादव, राजपा लगाएत सबै दलकाे असहमति जनाउँदा जनाउदै सरकारले एकलाैटी ढंगमा किन याे सब नाटक गरिएको हाे भन्दै प्रश्न गर्नुभयाे । उहाँले असाेज २ गते पनि तेस्रो चरणमा सरकारले निर्वाचन गराउने र अान्दोलनरत पक्ष चुनावमा अाउनेमा शंका रहेकाे बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ