असार २, चितवन | भरतपुरका मेयर उम्मेदवार देवी ज्ञावालीका छोरा सहित २ जना बिरुद्ध मुद्दा दायर गरिएको छ |
जिल्ला प्रहरी कार्यालय चितवनमा अनिल कुमार पाठकले दायर गरेको मुद्दामा भरतपुरमा माओवादी-कांग्रेसकि संयुक्त रुपमा मेयरकि उम्मेदवार रेणु दाहाललाई अश्लिल आरोप लगाइएको भन्दै मुद्दा दायर गरिएको हो |
माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहालकी श्रीमान अनिल कुमार पाठकले दायर भएको मुद्दा अनुसार ज्ञावालीका छोराले निरव नाम गरेको फेसबुक मार्फत रेणुलाई 'थुक्क नक्चरी नांगै हिड्नु सडकमा बरु | अझ सालिन रे' भन्ने लेखेको र एस बि बोहोराको नामबाट फेसबुक चलाउने सन्तोष बोहोराले 'भरतपुर् महानगरपालिकाको वडा न. १९ मा घरदैलो कार्यक्रमको नाममा पैसा बाढ्दैछे पुर्व भारतीय वेश्य रेनु दाहाल, होसियार' लेखेको भन्दै बिध्युतिय अपराध अन्तर्गत मुद्धा दायर गरेका हुन् |
पाठकले आफ्नो मुद्धामा लेखेका छन् – 'सामाजिक संजाल फेसबुक मार्फत सबैले पढ्न बुझ्न जान्न सक्ने गरि सार्वजनिक रुपमा कथित आरोप र अश्लिल शब्द प्रयोग गरी मेरो श्रीमती रेणु दाहाल, हाम्रो परिवार तथा आफन्तजनहरु समेतको इज्जत, मान प्रतिष्ठामा जानीजानी आघात पुर्याएको छ |' उनले मुद्धामा बिद्ध्युतीय कारोवार एन २०६३ बन्देज लगाएको कानुन बिपरित कार्य गरेको भन्दै दुवै जनालाई हदैसम्मको कारवाही गर्न निवेदन गरेका छन् |
\