असार ३, काठमाडौँ । वाग्मती सफाइ महाअभियानमा नायिका मनिषा कोइरालालाई सद्भावना दूत मनोनयन गरेपछि सफाइ अभियन्ताको सङ्ख्या बढेको छ । 

वाग्मती सफा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, काठमाडौँ । वाग्मती सफाइ महाअभियानमा नायिका मनिषा कोइरालालाई सद्भावना दूत मनोनयन गरेपछि सफाइ अभियन्ताको सङ्ख्या बढेको छ । 

वाग्मती सफा"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका नदी सफाइमा जनउत्साह

३ असार २०७४, शनिबार ०९:२९


असार ३, काठमाडौँ । वाग्मती सफाइ महाअभियानमा नायिका मनिषा कोइरालालाई सद्भावना दूत मनोनयन गरेपछि सफाइ अभियन्ताको सङ्ख्या बढेको छ । 

वाग्मती सफाइ महाअभियानको गत बिहीबारको बैठकले पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको प्रस्तावमा नायिका कोइरालालाई सद्भावना दूत घोषणा गरेको थियो । सद्भावना दूत कोइरालाको उपस्थितिमा आज दुई हजार व्यक्ति सफाइमा सहभागी भएको अभियन्ता उमेश बोहराले बताउनुभयो । 

विसं २०७० जेठ ५ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको २१४ औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

वाग्मतीसँगै आज उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

सफाइमा पूर्व सहरी विकासमन्त्री केसी, सद्भावना दूत कोइराला, मुख्यसचिव डा सोमलाल सुवेदी, सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, पूर्व सचिव किशोर थापा, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव ज्योतिकुमार श्रेष्ठ, कलाकारद्वय सीताराम कट्टेल र कुमार कट्टेल, गायक केशव अधिकारी लगायतको सहभागिता थियो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ब्लुक्रस अस्पताल, मुक्तिनाथ विकास बैंक, जीवन विज्ञान, गायत्री परिवार, हलेसी डेकोर, युरेसिया रेयुकाइ, नेपाल एस जि आइ, फ्रेन्ड्स क्लब ललितपुर, नेपाल भूपु प्रहरी, सिस्नुपानी नेपाल, लायन्स क्लब, तिलगङ्गा महिला समूहलगायत ४० संस्थाको सक्रिय सहभागिता थियो । 

पुडासैनी मैत्री समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७५ औँ हप्ताको सफाइमा आज गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मती नदी किनारमा बनाइएको उद्यानमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाको सहभागिता रहेको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । 

यसैगरी रुद्रमती सफाइको १७३ औँ हप्तामा आज कालोपुलदेखि रातोपुलसम्म जनचेतनामूलक घरदैलो अभियानसहित सरसफाइ गरियो । आजको सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो । सफाइमा वडा नं– ३० बाट निर्वाचित वडा अध्यक्ष दलबहादुर कार्कीसहित वडा सदस्यलगायत २५० जनाको सहभागिता थियो । 

विष्णुमती सफाइको १४५ औँ हप्तामा आज नयाँ बसपार्कबाट उत्तरतर्फ विष्णुमती किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । 

यसैगरी चक्रपथ सफाइको दशौँ हप्तामा आज सामाखुसीचोकबाट टाउन प्लानिङसम्म सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीलगायत होटल व्यवसायीसहित २५० अभियानकर्मीको सक्रियता थियो । 

वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई विसं २०७४ वैशाख २ गतेदेखि सुरु गरिएको मीनभवन आलोकनगर सफाइ अभियानले आज दशौँ हप्तामा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । सफाइको नेतृत्व सकारात्मक मातृशक्ति आवाजले गरेको थियो । 

महाअभियानबाट प्रभावित भएर देशभर २६ स्थानमा सफाइ भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली