2026-06-30 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा, उम्मेदवारी दर्ता भोलि

2017-06-17

असार ३, काठमाडौँ । निर्वाचन आयोगले असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भोलि आइतबार हुने उम्मेदवार मनोनयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

दोस्रो चरणको ‘स्थानीय तह निर्वाचन’को तयारीका विषयमा आयोगको मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भन्नुभयो- आइतबारको उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन उम्मेदवारहरुसँग हार्दिक अपिल गर्दछु । 

उम्मेदवारी दर्ताका लागि असार ४ गते आइतबार बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्मको समय तय गरिएको निर्वाचन आयोगले जनाएको छ । 

प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन तोकिएकै मिति असार १४ गते हुनेमा ढुक्क रहन मतदाता, राजनीतिक दल, नागरिक समाज, आमसञ्चार जगत् र सरोकारवालासँग अनुरोध गर्दै उहाँले निर्वाचनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र निर्वाचनमैत्री बनाउन कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो । 

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो – “राजनीतिक दलले जनताको अधिकारलाई सुनिश्चित गर्न, मताधिकारको सम्मान गर्न र आफूले रोजेको उम्मेदवारलाई छान्न पाउने मतदाताको सार्वभौम अधिकारलाई पूर्ण सम्मान गर्नेछन् ।” 

मुलुकका एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुने यस दोश्रो चरणको निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । 

देशभर चारहजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र रहने दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ । 

नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ ले व्यवस्था गरेअनुसार स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सबैभन्दा बढी प्राथमिकतामा राखिएको छ । 

दलकातर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई राजनीतिक दलहरूले उत्साहपूर्वक लिएका छन् । 

उम्मेदवारी मनोनयनदेखि मतगणनासम्मका कार्यमा कसैले पनि अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा व्यवधान खडा गर्ने क्रियाकलाप भएमा निर्वाचनमा खटिएका सुरक्षाकर्मीले त्यस्ता कार्यलाई तदारुकताका साथ निरुत्साहित गरी शान्ति सुरक्षा कायम गर्ने आयोगले जनाएको छ । 

मतदाताको मतदान गर्न पाउने, उम्मेदवार भएर मतदाताबाट परीक्षण गर्ने र निर्वाचित जनप्रतिनिधिबाट सेवा लिन पाउने जनताको अधिकारको सबैबाट सम्मान हुने विश्वास पनि आयोगले लिएको छ । 

उम्मेदवारी दर्तास्थलमा प्राकृतिक प्रतिकूलतालाई ध्यानमा राखेर आवश्यक सुरक्षा व्यवस्था मिलाउन र उम्मेदवारी दर्ता सहज, सरल एवम् सुरक्षित ढङ्गले गर्न आवश्यक सुरक्षा र भौतिक व्यवस्था मिलाउन मु्ख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई पनि निर्देशन दिइसकिएको जनाइएको छ । 

आयोगले दोस्रो चरणको निर्वाचनमा प्रदेश नं १, ५ र ७ मा गरी प्रतिमतदान केन्द्र कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब आठ हजार ३५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरेको छ । 

आयोगले आमसञ्चार माध्यममा स्थानीय भाषाहरुमा समेत मतदातासँग सम्बन्धित सूचना तथा सन्देश प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै नेपालमा बोलिने राष्ट्रभाषामध्ये १६ राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री तयार गरिएको छ । 

दोस्रो चरणको निर्वाचनमा पर्यवेक्षणका लागि आयोगले ४७ वटा संस्थाका करिब सात हजार ८९ जना पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिइसकेको छ भने कूटनीतिक नियोगका सदस्यहरूलाई देशका विभिन्न आठवटा सहरमा निर्वाचन अवलोकनको व्यवस्था मिलाएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी पौड्याल र सुधीर शाह तथा सचिव गोपीनाथ मैनाली सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ