११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जग्गा व्यवसायीलाई ‘हनिट्रयाप’ मा पारी इन्स्पेक्टर शाहीसँग मिलेर पैसा अशुल्ने थप एक महिला पक्राउ

२० आश्विन २०८१, आईतवार १३:५७

ललितपुर | ललितपुरको भैंसेपाटीमा एक जग्गा व्यवसायीलाई ‘हनिट्रयाप’ मा पारेर मिलेमतो गरी ३० लाख रुपैयाँ असुल गरेको घट्नामा थप एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरीकी भीमादेवी थापा रहेकी छन्। उनलाई बिहीबार इटहरीबाट पक्राउ गरिएको हो। यसअघिउक्त  प्रकरणमा सुष्मा विक र ताज इस्लाम पक्राउ परिसकेका थिए।

प्रहरी अनुसन्धानका अनुसार सुष्मा विकले ती व्यवसायीलाई झुठो प्रेमको जालमा फसाएर मिलेमतो गरी भैंसेपाटी प्रहरी प्रभागभित्रै बार्गेनिङ गर्दै ३० लाख असुल गरेको खुल्न आएको हो। उनीहरूले ती व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने धम्की दिएर हिरासतमा राखी पैसा असुलेका आरोप छ । यो रकम थापाको खातामा जम्मा गरिएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ।

पक्राउ परेकी थापाले आफू घटनामा संलग्न नरहेको र उनको खाता ताज इस्लामले प्रयोग गर्दै आएको दाबी गरेकी छन्। प्रहरीले अनुसन्धानका क्रममा इन्स्पेक्टर बिनुकुमारी शाहीको पनि यो प्रकरणमा संलग्नता रहेको थाहा पाएको थियो । इन्स्पेक्टर शाहीमाथि मिलेमतोमा संलग्न रहेको आरोप लागेपछी उनलाई निलम्बन गरिएको छ।

डीएसपी नरहरी अधिकारीको नेतृत्वमा बनेको पाँच सदस्यीय समिति यस घटनाको थप अनुसन्धान गर्दै छ। शाहीको मोबाइललाई नियन्त्रणमा लिएर अनुसन्धान जारी छ, तर ताज इस्लामको आइफोन १४ प्रो म्याक्स मोबाइल भने हराएको छ। शाहीले नै उक्त मोबाइल गायब पारेकी हुनसक्ने प्रहरी आशंका छ ।

घटनाको अनुसन्धानका  अनुसार   ‘हनिट्रयाप’को योजना इटहरीबाट सुरु भएको थियो। उक्त योजना असफल भएपछि भैंसेपाटी प्रहरीलाई प्रयोग गरी रकम असुल गरिएको खुलेको हो। व्यवसायीलाई इटहरीमा झसङ्ग पारेर उनीहरूलाई बलात्कार मुद्दामा फसाउने धम्की दिइएको थियो  र त्यसपछि ३० लाख रुपैयाँ असुल गरिएको थियो।

व्यवसायीले आफ्नो ल्याण्ड रोभर प्राडो गाडी बेचेर बाँकी रकम बुझाएको अनुसन्धान बाट खुलेको छ । ती व्यवसायीका साथीले ललितपुर प्रहरीलाई घटनाबारे जानकारी दिएपछि उनीहरूको अपराध पर्दाफास भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो