2026-09-12 02:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जग्गा व्यवसायीलाई ‘हनिट्रयाप’ मा पारी इन्स्पेक्टर शाहीसँग मिलेर पैसा अशुल्ने थप एक महिला पक्राउ

ललितपुर | ललितपुरको भैंसेपाटीमा एक जग्गा व्यवसायीलाई ‘हनिट्रयाप’ मा पारेर मिलेमतो गरी ३० लाख रुपैयाँ असुल गरेको घट्नामा थप एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरीकी भीमादेवी थापा रहेकी छन्। उनलाई बिहीबार इटहरीबाट पक्राउ गरिएको हो। यसअघिउक्त  प्रकरणमा सुष्मा विक र ताज इस्लाम पक्राउ परिसकेका थिए।

प्रहरी अनुसन्धानका अनुसार सुष्मा विकले ती व्यवसायीलाई झुठो प्रेमको जालमा फसाएर मिलेमतो गरी भैंसेपाटी प्रहरी प्रभागभित्रै बार्गेनिङ गर्दै ३० लाख असुल गरेको खुल्न आएको हो। उनीहरूले ती व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने धम्की दिएर हिरासतमा राखी पैसा असुलेका आरोप छ । यो रकम थापाको खातामा जम्मा गरिएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ।

पक्राउ परेकी थापाले आफू घटनामा संलग्न नरहेको र उनको खाता ताज इस्लामले प्रयोग गर्दै आएको दाबी गरेकी छन्। प्रहरीले अनुसन्धानका क्रममा इन्स्पेक्टर बिनुकुमारी शाहीको पनि यो प्रकरणमा संलग्नता रहेको थाहा पाएको थियो । इन्स्पेक्टर शाहीमाथि मिलेमतोमा संलग्न रहेको आरोप लागेपछी उनलाई निलम्बन गरिएको छ।

डीएसपी नरहरी अधिकारीको नेतृत्वमा बनेको पाँच सदस्यीय समिति यस घटनाको थप अनुसन्धान गर्दै छ। शाहीको मोबाइललाई नियन्त्रणमा लिएर अनुसन्धान जारी छ, तर ताज इस्लामको आइफोन १४ प्रो म्याक्स मोबाइल भने हराएको छ। शाहीले नै उक्त मोबाइल गायब पारेकी हुनसक्ने प्रहरी आशंका छ ।

घटनाको अनुसन्धानका  अनुसार   ‘हनिट्रयाप’को योजना इटहरीबाट सुरु भएको थियो। उक्त योजना असफल भएपछि भैंसेपाटी प्रहरीलाई प्रयोग गरी रकम असुल गरिएको खुलेको हो। व्यवसायीलाई इटहरीमा झसङ्ग पारेर उनीहरूलाई बलात्कार मुद्दामा फसाउने धम्की दिइएको थियो  र त्यसपछि ३० लाख रुपैयाँ असुल गरिएको थियो।

व्यवसायीले आफ्नो ल्याण्ड रोभर प्राडो गाडी बेचेर बाँकी रकम बुझाएको अनुसन्धान बाट खुलेको छ । ती व्यवसायीका साथीले ललितपुर प्रहरीलाई घटनाबारे जानकारी दिएपछि उनीहरूको अपराध पर्दाफास भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस