2026-07-27 02:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइसीसी टी–२० महिला विश्वकप: अष्ट्रेलिया अपराजित यात्रा कायमै

काठमाडौं । आइसीसी टी–२० महिला विश्वकप क्रिकेटमा समूह ‘ए’मा रहेको अष्ट्र«ेलियाले अपराजित यात्रा कायमै राखेको छ ।

मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्ड १९.२ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिन पुग्यो ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि कप्तान एलिसा हिलीले २६ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३,००० रन पूरा गरिन् । बेथ मुनिले ४० रनको योगदान दिइन् भने एलिसे पेरीले ३० रन जोडिन् । न्युजिल्यान्डका लागि अमेलिया केरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन्, उनले २६ रन मात्र खर्चिइन् ।

जवाफमा न्युजिल्यान्डको सुरुवात कमजोर रह्यो। ओपनर जर्जिया प्लिमरलाई १४ बलमा नै आउट गर्दै अस्ट्रेलियाकी मेगन शुटले उत्कृष्ट सुरुवात गरिन् । उनले मात्र ३ ओभरमा ३ विकेट लिएर न्युजिल्यान्डको पारीलाई ध्वस्त पारिदिइन् । अमेलिया केरले २९ रन जोड्दै केही सम्हाल्ने प्रयास गरे पनि न्युजिल्यान्डको पारी ८८ रनमै सिमित भयो ।

अस्ट्रेलियाका लागि एनाबेल सुटरल्याण्डले पनि ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् । यस जितसँगै अस्ट्रेलिया समूह ’ए’ को एक मात्र अपराजित टोली बनेको छ । महिला विश्वकप अन्तर्गत आज २ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे स्कटल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । आजै राति पौने ८ बजे भारत र श्रीलंका आमने सामने हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली