२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइसीसी टी–२० महिला विश्वकप: अष्ट्रेलिया अपराजित यात्रा कायमै

२७ आश्विन २०८१, आईतवार ०९:५३

काठमाडौं । आइसीसी टी–२० महिला विश्वकप क्रिकेटमा समूह ‘ए’मा रहेको अष्ट्र«ेलियाले अपराजित यात्रा कायमै राखेको छ ।

मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ६० रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्ड १९.२ ओभरमा सबै विकेट गुमाएर ८८ रनमा समेटिन पुग्यो ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि कप्तान एलिसा हिलीले २६ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३,००० रन पूरा गरिन् । बेथ मुनिले ४० रनको योगदान दिइन् भने एलिसे पेरीले ३० रन जोडिन् । न्युजिल्यान्डका लागि अमेलिया केरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन्, उनले २६ रन मात्र खर्चिइन् ।

जवाफमा न्युजिल्यान्डको सुरुवात कमजोर रह्यो। ओपनर जर्जिया प्लिमरलाई १४ बलमा नै आउट गर्दै अस्ट्रेलियाकी मेगन शुटले उत्कृष्ट सुरुवात गरिन् । उनले मात्र ३ ओभरमा ३ विकेट लिएर न्युजिल्यान्डको पारीलाई ध्वस्त पारिदिइन् । अमेलिया केरले २९ रन जोड्दै केही सम्हाल्ने प्रयास गरे पनि न्युजिल्यान्डको पारी ८८ रनमै सिमित भयो ।

अस्ट्रेलियाका लागि एनाबेल सुटरल्याण्डले पनि ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् । यस जितसँगै अस्ट्रेलिया समूह ’ए’ को एक मात्र अपराजित टोली बनेको छ । महिला विश्वकप अन्तर्गत आज २ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे स्कटल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने छ । आजै राति पौने ८ बजे भारत र श्रीलंका आमने सामने हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य