असार ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर"/>
२०८३, १२ बैशाख शनिबार
काठमाडौँ - KTM

आयोग राजनीतिक पूर्वाग्रहमा चलेको छैन: यादव

२०७४, ८ असार बिहीबार १३:०५

असार ८, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगका आफ्नै नियम कानुन भएकाले सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचल्ने बताउनुभएको छ । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा यहाँ आज आयोजित राष्ट्रिय पर्यवेक्षक अभिमुखीकरण कार्यक्रममा उहाँले स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर प्रकरणमा आयोगले गरेको निर्णय ठीक छ भन्दै सो विषयमा कसैले पनि बहस गर्न आवश्यक नरहेको जिकिर गर्नुभयो । 

उक्त घटना सर्वोच्च अदातलमा पुगिसकेकाले अदालतको फैसलनुसार नै अघि बढ्नुपर्नेमा डा यादवले जोड दिनुभयो । उहाँले स्थानीय तहअन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका, दृष्टिविहीन तथा अशक्त व्यक्तिलाई विशेष प्राथमिकता दिन निर्देशनसमेत दिइसकेको जानकारी दिनुभयो । 

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमान्द झाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफूलाई पर्यवेक्षकको दायित्व प्राप्त भएको र आफूले स्वतन्त्र तथा निष्पक्ष भएर आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो । 

आयोग निरीह रहेको आरोप 

नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भरतपुर प्रकरणमा निर्वाचन आयोगसमेत निरीह देखिएको आरोप लगाउँदै सरकारको सहयोगबिना स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव हुन नसक्ने बताउनुभयो । उहाँले स्वतन्त्र निर्वाचन प्रणाली स्थापित गराउने विषयमा सबैको ध्यान जानुपर्ने बताउँदै विभिन्न राजनीतिक दललाई निर्वाचनसम्बन्धी अभिमुखीकरण गर्न आवश्यक रहेको सुझाव दिनुभयो । 

कार्यक्रममा नियोकका महासचिव डा गोपालकृष्ण शिवाकोटीले पर्यवेक्षकले गर्न हुने र नहुने विषयमा कार्यपत्र प्रस्तुत गर्दै चुनावमा पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट