१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार अभिमुखीकरण: बिभाग कर्मचारीबाटै सिकाइन्छ अवैध सेटिङ गर्ने तरिका

१ कार्तिक २०८१, बिहीबार १९:२१

काठमाडौँ । नेपाली युवाहरुले वैदेशिक रोजगारमा जानु अघि पुर्व-प्रस्थान अभिमुखिकरण तालिम लिनुपर्ने बाध्यकारी नियम छ । पछिल्लो समय यो नीतिको दुरूपयोग यसरी गरिएको छ कि जसको कारण अधिकांश अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुले सेटिङमै प्रमाणपत्र मात्र जारी गरेर तालिमनै नदिई ७ सयदेखि एक हजार ५ सयसम्म लिंदै आएका छन् ।

केहि समय यता अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुमा अभिमुखिकरण तालिमनै नलिई सेटिङबाटै प्रमाणपत्र पाईने भएपछि तालिम प्रदायकहरुको कक्षानै खाली हुने गरेको छ । दैनिक वैदेशिक रोजगारमा कम्तिमा एक हजार भन्दा बढी नयाँ श्रम स्वीकृतिमा युवाहरु जोडिने गरेका छन् । तर अधिकांश अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुले सेटिङ गरेर तालिम दिने कक्षा भने खाली हुनुले यसमा भईरहेको बेथिति इंगित गरिरहेको छ ।

त्यसो त अभिमुखिकरण तालिम दिए नदिएको हेर्ने निकाय वैदेशिक रोजगार बिभागले बेला-बखत यस्ता संस्थाहरुको अनुगमन गरेको समाचारहरु पनि पढ्न पाइन्छ तर त्यसरी अनुगमनमा परेकाहरुलाई उचित कारवाही गरेको पाइदैन । उल्टो घुस बार्गेनिङ गरेर कारवाहीमा परेका संस्था खोल्ने गरिएको इतिहास व्यवसायीहरुले भोग्दै आएको बताउँछन् । यो बेथितिमा बिभाग अधिकारीहरुलाई मनग्य आम्दानी भईरहेको कारण समस्या समाधानमा लामो समयदेखि अनदेखा गरिएको स्पष्ट बताइएको छ ।

तश्वीरमा: अभिमुखिकरण तालिम दिईने खालि कोठा । साथै बायोमेट्रिक/आइरिस उपकरण (दायाँतर्फ) ।

पछिल्लो समय आइरिस प्रणालीमा जाने विषयमा बिभागले केटाकेटी खेले झैं गर्नुलाई पनि यसैको निरन्तरताको रुपमा बुझ्न सकिने एक व्यवसायीले आरोप लगाएका छन् । बिभागले आइरिस प्रणाली लागू गर्न मिति तोक्ने र प्राविधिक समस्या देखाउँदै पटक-पटक स्थगित गर्ने कम जारी राखेको छ । खाई-पाई आईरहेको बिभाग कर्मचारीले सहजै नयाँ प्रणालीमा जान खोजिरहेको छैनन् भन्ने कुरा पछिल्ला केहि घटना क्रमले स्पष्ट पारेको छ ।

वैदेशिक रोजगार बिभागले गत असोज ८ गतेको निर्णयअनुसार असोज १३ गतेदेखिनै फेसटाइम एटेण्डेन्ट, आँखाको रेटिना रेकर्ड गर्ने आइरिस रेकग्निसन र देशगत कलष्टर लागू गरिने सहितको सूचना जारी गरेको थियो । तर प्राविधिक कारण देखाई स्थगित गर्यो । त्यसपछि बिभागले असोज २९ देखि अनिवार्य आइरिस प्रणाली लागू हुने भन्दै असोज १५ गतेनै अर्को सूचना जारी गर्यो । तर निर्धारित मितिमा पनि आइरिस प्रणाली लागू भने भएको छैन । कात्तिक १ गते (आज) सम्म आइरिस प्रणालीमा जान तयार रहेका अभिमुखिकरण तालिम प्रदायक संस्थाहरु बिभागको प्राविधिक समस्यामै अलमलिएका छन् ।

नयाँ प्रणालीमा जान बिभाग असक्षम वा ढिलासुस्ती हुनुको पछाडी पुरानै सेटिङधारीहरुको चलखेल वा असहयोग वा दुवै हुन सक्ने बुझिएको छ । एक व्यवसायीको भनाई अनुसार अहिले लागू गर्न खोजिएको आइरिस प्रणालीमा पनि सेटिङ गर्न मिल्ने अवस्था हुनसक्ने आशंका छ । ति व्यवसायीका अनुसार आइरिस प्रणालीमा एक पटक दाखिला भएको व्यक्तिको चार पटकसम्म इन्ट्री भएपछि तालिम प्रमाणपत्र पाउन योग्य हुन्छ ।  अर्थात दुई दिने अभिमुखिकरण तालिम लिने युवाले एक दिन तालिम हलमा छिर्दा-निस्कदा र फेरी अर्को दिन तालिम हलमा छिर्दा-निस्कदा गरेर चार पटक आफूलाई सिस्टममा इन्ट्री गर्छ ।

यसको मुख्य उपयोगिता भनेको कुनै तालिम लिने युवा अनिवार्य तालिममा सरिक होस् भन्ने हो । तर केहिले यसमा आशंका गर्ने ठाउँ रहेको बताउँछन् । आशंका के छ भने एकै व्यक्तिले पटक-पटक आफ्नो आँखा आइरिस प्रणालीमा इन्ट्री गराउँदा बिभाग सिस्टमले उक्त डुप्लिकेट इन्ट्रीलाई पत्ता लगाउन सक्छ कि सक्दैन ? यदि पत्ता लगाउन सक्दैन भने पनि बिभागले यस्तो अवैध कार्यको अनुगमन गर्ने वा भेरिफाई गर्ने काम गर्छ कि गर्दैन ? अनुगमन गर्दा अबैध कार्य गरेको पत्ता लगाए कतिसम्मको कडा कारवाही गर्छ ? त्यस्ता अवैध काम गर्ने संस्थालाई खारेज गर्नेसम्मको कठोर कारवाही गर्छ कि गर्दैन भन्ने मुख्य प्रश्नहरु तेर्सिएका छन् ।

यसअघि बायोमेट्रिक प्रणालीमा एकै व्यक्तिले हजारौं पटक आफ्नो हातको हरेक औंला प्रयोग गरेर हाजीरी गराउंदै हजारौंको सेटिङ गर्दै काम गर्ने गरेको बताइएको छ । यसरी सरकारी सिस्टमलाईनै छलि गर्ने अपराध गरेकाहरुलाई कारवाही गर्न बिभागले कुनै कठोर कदम चालेको रेकर्ड छैन । सेटिङमा बायोमेट्रिक गराउने काममा अधिकांश व्यवसायी तथा संस्थामा काम गर्ने कर्मचारीकै हात प्रयोग भएको बुझिएको छ । बिभागसँग त्यसको रेकर्ड पनि हुन्छ तर आजका दिनसम्म बिभागमा आएका कुनै महानिर्देशकले त्यस्तो सरकारी सिस्टमको दुरुपयोग सम्बन्धि अपराध गर्नेमाथि छानबीन गरेको रेकर्ड छैन ।

यस अबैध कार्यमा बिभाग र व्यवसायीको स्पष्ट चलखेल रहेको यस्तै अनदेखाले प्रमाणित गर्ने गरेको छ । व्यवसायीहरुको अनुसार व्यवसायीहरुलाई विभाग कर्मचारीहरुलेनै अबैध सेटिङ गर्ने तरिका सिकाउने गरेका छन् । सिस्टमलाई छल्ने तरिका सिकाएर फाइदा कमाउने कर्मचारीको कारण वैदेशिक रोजगार बिभाग बदनाम भईरहेको छ । त्यसो त बेथितिबारे पटक – पटक संचार माध्यमहरुले रिपोर्ट उठान गर्दा मौन बस्ने बिभाग पनि बेथितिसंगै रमाईरहेको आरोपमा होमिएको छ । यसै सम्बन्धमा एक व्यवसायीले भने ‘बिचरा हामीलाई के थाहा हुन्छ र कसरी सेटिङ हुन्छ भनेर ? एक जनाले सिक्छन् अनि क्रमश हामीले पनि जान्ने हो । हामीलाई पनि डर हुन्छ नि एकै औंलाले हजारौंको बायोमेट्रिक हान्न ! अब बिभागले अनदेखा गर्छ र अरुले यहि काम महिनौदेखि गर्दा केहि कारवाही भएको छैन भन्ने बुझेपछि हामीले त्यस्तै गरेका हौँ ।’ ति व्यवसायी भन्छन् ‘सोझो तरिकाले बस्नेहरुको व्यवसायनै डुब्ने स्थिति भएपछि के गर्ने त ?’

बिभागले सेटिङमा अनदेखा गर्नुको पछाडी आर्थिक लाभ प्रमुख कारण रहेको व्यवसायीहरुको भनाई छ । सेटिङ गर्दा अभिमुखिकरण तालिम लिनेहरुको नाम गनेरै बिभागको मान्छेलाई प्रतिव्यक्ति दुई सयसम्म बुझाएको बताइएको छ ।

अभिमुखिकरण तालिम प्रदायक संस्थाभित्रका सेटिङधारीहरुले बिभागका कर्मचारीलाई हातमा लिएर ग्रुप-ग्रुप मिलेर सेटिङको पैसा बुझाउँदै आएको बताइएको छ । पैसा पाउने अभिमुखिकरण तालिम प्रदायकहरुलाई छाड्ने र पैसा नबुझाउनेहरुलाई अनुगमन गर्ने गरिएको आरोप बिभागलाई छ । बिभागले सुधार्न चाहने हो भने २/३ दिनमै यो क्षेत्र सुध्रने अवस्थामा बिभागले दैनिक आउने बाटो बन्द हुने बुझेरै सिस्टम सुधार गर्न नखोजेको आरोप लगाइएको छ । बिभागसँग सेटिङ गर्दा व्यवसायीले रकम कसलाई बुझाउँछन् भन्ने सम्बन्धमा स्रोतबाट प्रमाण समेत प्राप्त भएको छ । सेटिङको पैसा यसरी को व्यक्तिलाई जान्छ भन्ने कुरा सहजै थाहा हुँदैन । बैंकहरुले अरुको व्यक्तिगत विवरण सहजै दिदैनन् ।

तश्वीरमा: व्यवसायीद्वारा सेटिङ गरेपछि सर्त अनुसार रकमको पठाइएको प्रमाण ।

वैदेसिक रोजगारमा जाने युवाहरुलाई दिनुपर्ने दुई दिने अभिमुखिकरण तालिमनै नदिई सेटिङमै सिस्टम चलिरहनमा बिभाग कर्मचारीको मिलिमतो रहेको र मिलिमतोबापत सेटिङधारीहरुले बिभाग पक्षलाई प्रतिव्यक्ति दुई सयसम्म बुझाउने गरेको स्रोतको भनाई छ । रकम नदिने संस्थाहरुमा मात्र बिभागको आँखा पुग्ने र अनुगमन गर्ने गरिएको आरोप छ ।

सेटिङ गर्ने अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुले वैदेशिक रोजगारको प्रक्रियामा रहेको युवालाई अभिमुखिकरण तालिमनै नदिई नाम कलेक्सनकै भरमा बायोमेट्रिक समेत आफ्नै औंलाले गरिदिएर तालिम प्रमाणपत्र जारी गर्ने गर्छन् । यसरी अबैध काम भईरहेको र तालिमबिनै प्रमाणपत्र जारी भईरहेको सम्बन्धमा वैदेशिक रोजगार बिभाग र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बर्षौंदेखि जानकारी समेत छ । तर सेटिङबाट मन्त्रालयसम्म फाइदाको बाडफाड हुने गरेको कारण यो समस्या समाधानमा मौनता रहँदै आएको स्रोत बताउँछ ।

पछिल्लो समय अभिमुखिकरण तालिममा आइरिस प्रणाली अनिवार्य गर्ने विषय अघि सारिएको छ । यो संगै बायोमेट्रिकमा चल्दै आएको सेटिङको धन्दा अन्त्य हुने आशा गरेपनि निश्चिन्त हुने अवस्था भने नरहेको सरोकारवालाहरु बताउँछन् । आइरिस प्रणाली झट्ट सुन्दा विश्वासिलो प्रणाली जस्तो लागे पनि भेरिफाई गर्ने र लागू गर्ने निकायकै कार्यशैली संकास्पद भएपछि विस्वास गरिहाल्ने अवस्था नभएको बताइन्छ । आइरिस प्रणालीको डाटा छुट्टै निकायबाट भेरिफाई हुने नभएसम्म वा पासपोर्ट बिभागको सिस्टमसंग भेरिफाई हुने व्यवस्था नमिलाएसम्म फेरी सेटिङ हुँदैन भन्ने ग्यारेन्टी नभएको बताइएको छ ।

अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुले तालिम बापत युवाहरुसँग प्रतिव्यक्ति सात सय मात्र लिन पाउने अवस्थामा सेटिङ गरेपछि दुई हजारसम्म अशुल्ने गरेका छन् । यसरी अभिमुखिकरण तालिममा सेटिङ मिलाउने भूमिका वैदेशिक रोजगारमा पठाउने म्यानपावरले समेत गर्ने गरेका छन् । म्यानपावर व्यवसायीहरुले अभिमुखिकरण तालिम प्रदायकहरुसँग समेत कमिसन लिने गरेका छन् । त्यसमा पनि मिलिमतोमा कामदारलाई दुई दिनको कक्षामा समेत उपस्थित नगराई पैसा तिरेर तालिम लिएको प्रमाणपत्र लिनमा म्यानपावरहरुकै बढी सक्रियता रहेको छ । उता तालिम लिनुपर्ने युवा समेत तालिम लिने झन्झटबाट मुक्त हुन अबैध रकम बुझाउन तयार भईरहेको अवस्थामा अबैध काम गर्नेहरुलाई मलजल मिलेको छ ।

पछिल्लो समय वैदेशिक रोजगार बिभागले गरेको अनुगमनबाट ४६ अभिमुखिकरण तालिम प्रदायक संस्थाहरु कारवाहीमा परेका थिए । यसरी कारवाहीमा परेका संस्थाहरुले तालिम नदिएको, तालिम दिन बिभागको सिस्टममा युवाहरुको नाम इन्ट्री गरेपनि अनुगमनमा जाँदा तालिम लिनेहरुनै नभेटिएको जस्तो कारण देखाइएको छ । तर बिभागले आफ्नै सिस्टममा प्वाल राखिदिएर उक्त प्वालमा व्यवसायीहरुलाई छिर्ने उपाय सिकाएर मुनाफा गरिरहेको छ । त्यसो त अनुगमन पनि सिस्टम सुधार्ने उदेश्यले नभई कारवाही गर्दै उठाउने उदेश्यले हुने गरेको आरोप बिभागमाथि छ ।

श्रममन्त्री डिपी अर्याल बहाल रहेको सुरुको अवस्थामा सेटिङमा काम हुन छाडेको सम्बन्धित व्यवसायी स्रोतको छ । तर अर्याल मन्त्री रहेकै अवस्थामा गत असार दोश्रो सातादेखि एकाएक बिभागले अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुको अनुगमन सुरु गर्यो । केहि महिना सेटिङको पैसा लिन नपाएको अवस्थामा एकाएक अनुगमन भएको थियो । बिभागले यसअघि पनि पटक-पटक अनुगमन गर्ने गरेको तर त्यसको औचित्य पुष्टि गर्ने गरि कारवाही गरेको हालसम्म देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै