२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालद्वारा अमेरिकाविरुद्ध १६५ रनको लक्ष्य प्रस्तुत

२०८१, २ कार्तिक शुक्रबार ०७:३८

काठमाडौँ । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकाविरुद्ध १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पुरै २० ओभरको खेलमा ९ विकेटको क्षेतीमा १६४ रन मात्र बनाउन सक्यो । खेलको अन्तिम ओभरको अन्तिम बलमा ४८ रन बनाएर खेलिरहेका नेपालका कप्तान रोहित कुमार पौडेलले एक रन मात्र बनाउन सफल रहेको उनले आफ्नो ५० रन पुरा गर्न थप एक रन जोड्ने प्रयास गर्दै गर्दा रन आउट बन्न पुगे ।

नेपाललाई ओपनर आसिफ शेख र अनिल साहले ५.३ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । अनिल २७ रनमा अली खानको बलमा एलबीडब्लू आउट भए । आसिफ शेख २७ बलमा ४ चौकासहित २७ रनमै स्पिनर हरम्रित सिंहको बलमा बोल्ड आउट भए ।

कप्तान पौडेलले ३३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । त्यस्तै दीपेन्द्रले १७ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए ।

हरमीतले गुल्सन झालाई ११ र नोष्थुस केंजिगेले कुशल भुर्तेललाई १० रनमा बोल्ड आउट गरे ।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले १-१ विकेट लिए ।

आजको खेलमा नेपालको लागि प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्सन झा, सागर ढकाल, रिजन ढकाल र करण केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु