९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी

४ कार्तिक २०८१, आईतवार १४:४५

नयाँ दिल्ली | बलिउडका चर्चित कोरियोग्राफर र निर्देशक रेमो डिसूजा, उनकी पत्नी लिजेल डिसूजा र अन्य पाँच जनामाथि एक नृत्य समूहले ११ करोड ९६ लाख भारुको ठगीको उजुरी दर्ता गरेका छन्। मुम्बईको ठाणे प्रहरीले शनिबार सो उजुरी दर्ता भएको पुष्टि गरेको छ।

२६ वर्षीय डान्सरले रेमो र उनकी पत्नीसहित सबैमाथि यो आरोप लगाएका हुन्। पीडित डान्सरले अक्टोबर १६ मा मुम्बईको मीरा रोड प्रहरी थानामा उजुरी दर्ता गराएका थिए। प्रहरीले आरोपित सबैमाथि जालसाजी, धोकाधडी र अन्य धारा अनुसार मामला दर्ता गरेको छ।

उजुरीमा उल्लेख गरिएको छ कि डान्सर र उनका समूहसँग सन् २०१८ देखि २०२४ बीचमा धोकाधडी भएको हो। यस समूहले टिभीको एउटा शोमा प्रदर्शन गरेर जित हासिल गरेको रेमो र उनकी टीमले पीडितहरूको समूह आफ्नो हो भन्ने देखाएर शोमा जितेको ११ करोड ९६ लाख भारुको इनाम राशि हत्याएको आरोप छ।

यस मामिलाको जाँच भइरहेकाले प्रहरीले थप विवरणहरू प्राप्त गर्न सक्रियता देखाइरहेको छ।

रेमो डिसूजाले कोरियोग्राफी र निर्देशन बाहेक विभिन्न रियालिटी शोमा जजको रूपमा पनि काम गरिसकेका छन्, जसमध्ये “डान्स इन्डिया डान्स,” “झलक दिखलाजा,” र “डान्स प्लस” प्रमुख छन्। उनले सलमान खानको “रेस ३,” टाइगर श्राफको “फ्लाइङ्ग जट” र एबीसीडी फ्रेन्चाइजीका फिल्महरूको निर्देशन पनि गरेका छन्। रेमोको नयाँ फिल्म “ह्याप्पी” छिटै अभिषेक बच्चनको शीर्ष भूमिकामा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली