२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

यार्सा व्यापारले बदलिदै सदरमुकाम चैनपुर

२०७२, ८ माघ शुक्रबार ०६:०६

Chainpur

सम्राट सिंह । माघ ८, बझाङ । हिमाली जिल्ला बझाङ सदरमुकाम चैनपुर यार्सा व्यापारले दिन प्रतिदिन बदलिदै गइरहेको छ । यार्सा व्यापार गरी विकट गाविस मा बसोबास गर्दै आएका बासिन्दाहरु महङगो जमिन खरिद गरी सदरमुकाममा झर्न थालेपछि चैनपुर बदलिदै गएको हो ।

ग्रामिण भेगका बासिन्दाले एक सिजनमा यार्सा संङकलन गरी प्रति परिवारले दश देखि पन्ध्र लाख सम्म आयआर्जन गर्ने गरेका छन । यार्सा व्यापार गरी प्रायजसो दौलिचौर, दाँतोला, कोटदेवल, काँडा, दहबगर, लेकगाउँ का बासिन्दाहरु सदरमुकाम झर्न थालेका हुन । यार्सा बिक्रि गरी सुर्मा,दौलिचौर गाविसका झण्डै एक सय पचास परिवारले सदरमुकाम चैनपुरमा जमिन खरिद गरी घर समेत बनाइ बसोबास गर्दै आएका दौलिचौर गाविसका ज्ञान बहादुर बोहोराले बताए । उनले भने यार्सा नै ग्रामिण भेगका बासिन्दाको आयआर्जनको मुख्य स्रोत बनेको छ ।

यार्सा व्यापार गरी प्रतिवर्गमिटर दश हजार देखि पचास हजार रुपिया सम्म जमिन खरिद गरी सदरमुकाम चैनपुरमा ठूला ठूला घर निर्माण गरेका छन । जिल्लामा यार्सा सङकलकहरु प्रत्येक बर्ष बैशाख देखि असार सम्म यार्सा संङकलन गर्न लेकतिर जाने गर्दछन । विगत दश बर्ष अगाडि बिस पच्चिस परिवारको बसोबास रहेको चैनपुरमा अहिले झण्डै सात सय परिवार बसोबास गरिरहेका छन ।

सदरमुकाममा शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार जस्ता आधारभुत आवश्यकताहरु उपभोग गर्न विकट गाविसबाट बासिन्दाहरु सदरमुकाम केन्द्रित बनेका जयपृथ्वी नगरपालिका कार्यकारी प्रमुख सन्त बहादुर सुनारले बताए । सेती नदी र बाउली खोलाको बिच भागमा रहेको चैनपुर झट्ट हेर्दा टापु जस्तै देखिन्छ । अधिकांस सरकारी कार्यालय र व्यापार व्यवसाय गर्ने मानिसहरु चैनपुरमा भएकाले मानिसहरुको चहल पहल पनि चैनपुरमा नै हुन्छ । बझाङ सदरमुकाम चैनपुरमा हाल बाहिरी जिल्लाका व्यापारीहरुको बढी बाहुल्यता रहेको छ ।

तिन सिजनको यार्सा कमाइले सदरमुकाम चैनपुरमा जमिन खरिद गरी दुई तले घर निर्माण गरेको सुर्मा गाविस घर भएका टेक बहादुर बोहोराले बताए । उनले भने यार्साको कमाइले बर्षभरी खान,लगाउन पुगेको र २ वटा केटाकेटी पढाउन धनगढी पठाएको छु ।

यार्साले ग्रामिण भेगका बासिन्दाहरुको जिवनमा परिवर्तन ल्याएको छ । सिजनमा ८ बर्ष माथिका विद्यार्थीहरु पनि आफ्ना अभिभावक सँग यार्सा सङकलन गर्न लेकमा गएर विभिन्न संघर्ष गर्दै यार्सा संकलन गरेर तिन महिना पछि लेकबाट घर फर्कने गर्दछन । यार्सा संकलकहरुले चैनपुरमा ठूला ठूला घर निर्माण गरी सदरमुकाम चैनपुरको मुहार नै फेरीएको छ ।

माथिको फोटोमा : यार्सा संकलकले घर निर्माण गरेपछि बदलिएको बझाङ सदरमुकाम चैनपुर । तस्बीर: सम्राट सिंह ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा