२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्पतालको शय्याबाट टेलिभिजनमै साफ हेर्दैछन् मैदानमा हुनुपर्ने दीपा र हीरा

१४ कार्तिक २०८१, बुधबार १६:०४

काठमाडौँ | साफ महिला च्याम्पियनसिपको तयारी घरेलु मैदानमा सुरु हुँदै थियो। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा शाही यो प्रतियोगितामा खेल्न निकै उत्साहित थिइन्। उनले आमालाई वाचा गर्दै भनेकी थिइन्, ‘यसपटक स्वर्णपदक लिएर फर्किन्छु, तपाईं सेलरोटी पकाएर राख्नु।’

तर, दुर्भाग्यवश, दीपाको यो सपना अधुरो रह्यो। हाल अस्पतालको शय्यामा उनी चोटका कारण आराम गरिरहेकी छिन्। उनकी आमा र दाइ उनको साथमा छन्, आमाको आँखामा आँसु प्रष्टै झल्किन्छ। दीपाको राष्ट्रिय टोलीमा ‘डेब्यु’ अघिल्लो संस्करणको घरेलु साफ च्याम्पियनसिपमा भुटानविरुद्ध भएको थियो। यो संस्करणमा पनि भुटानविरुद्ध खेल्दा चोट बोकेर मैदान बाहिरिनुपर्ने स्थिति आयो। ४६औं मिनेटमा मैदान छिरेकी दीपाले ७२औं मिनेटमा चोटका कारण मैदान छाड्नुपर्‍यो।

दीपाले आफैंलाई मोटिभेट गरिएको भए पनि मैदानमा थोरै समय मात्र बिताउन पाएकामा दुःख व्यक्त गरिन्। उनले भनेकी छिन्, “मैले खेललाई परिवर्तन गर्न सक्ने सोच बनाएको थिएँ, तर चोटका कारण बाहिरिनु पर्‍यो।” अस्पतालमा उपचारको क्रममा उनलाई एसीएलमा समस्या रहेको थाहा भयो, जसले उनलाई थप चिन्तित बनाएको छ।

दीपाका जस्तै नेपाली टोलीकी मुख्य डिफेन्डर हीरा कुमारी भुजेलले पनि घुँडाको चोटका कारण यो प्रतियोगिता गुमाउनुपरेको छ। भुटानविरुद्धको खेलको इन्जुरी समयमा घुँडामा चोट लागेपछि उनलाई पनि एसीएल र मिनिस्कसको शल्यक्रिया गराउनुपर्‍यो। पहिलोपटक ठूलो प्रतियोगिता टेलिभिजनमा हेर्दा हिरालाई कठिन लागेको छ।

उनले भारतविरुद्धको खेलमा टिभीमार्फत आफ्नो टिमको प्रदर्शन हेर्दा आफूलाई मैदानमै हुने इच्छा व्यक्त गरिन्। टिमको राम्रो प्रदर्शन देख्दा खुसी लागेको भए पनि मैदानमा नहुनु हिराका लागि कष्टप्रद रहेको छ।

हीरा र दीपाले अबको ९ महिना मैदान बाहिर बिताउनुपर्नेछ। यद्यपि, हीराले बलियो आत्मविश्वासका साथ मैदानमा पुनः फर्कने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य