२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस: गृहमन्त्री

२०७४, १२ असार सोमबार ११:००

असार १२, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उहाँले दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाएको भन्दै ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको हो । 

गृहमन्त्री शर्माले भन्नुभयो– “पहिलो चरणको निर्वाचन सम्पन्न गर्दाका अनुभवका आधारमा समेत सुरक्षा योजनालाई थप विकसित र परिमार्जन गरिएको छ, सुरक्षामा कुनै समस्या छैन, ढुक्क रुपमा सुरक्षित भएर मत खसाल्ने वातावण मिलाइएको छ ।” 

नेकपा (विप्लव समूह) र राष्ट्रिय जनता पार्टीसमेत निर्वाचनमा स्वतन्त्र रुपमा भाग लिएको भन्दै उहाँले निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

गृहमन्त्री शर्माले भन्नुभयो – “म निर्वाचन हुने सबै प्रदेशमा गएर सुरक्षा निकायहरुसंगको अन्तक्र्रिया र छलफल गरी हरेक जिल्ला र हरेक मतदान केन्द्रका सुरक्षा योजनालाई परिमार्जित गरिएको अवस्था छ, निर्वाचनमा भाग लिन कुनै डर छैन ।” 

नेपालको राजनीतिमा सकारात्मक प्रतिस्पर्धा सुरु हुने भएकाले यो ऐतिहासिक परिघटनामा जनताको ठूलो उत्साह रहेकाले निर्वाचनमा भाग लिन सबैलाई आग्रह गर्दै उहाँले दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भएकाले यसलाई पालना गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । 

दोस्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ । सो निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतको प्रयोग गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ