2026-08-29 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा दलहरुले प्रचारप्रसार कार्यक्रम पुर्ण रुपमा बन्द गरे

कमल रावल/असार १२, अछाम । असार ११ गते राती १२ बजेबाट निर्वाचनकालागि मौन अवधि सुरु भएसँगै सबै राजनितिकदलले प्रचारप्रसार कार्यक्रम अछाम जिल्लामा पुर्ण रुपमा बन्द गरेका छन । 

मनोनयन दर्ता सँगै असार ४ गतेबाट तिव्र रुपमा प्रचाप्रसार थालेका अछामका ठुला तथा साना दलले चुनावि सभा, घरदैलो, मतदाता भेटघाट कार्य असार ११ गतेबाट बन्द गरेका हुन । यो प्रक्रिया सुरु सँगै अछामका १० वटै स्थानिय तहका प्रत्येक वडाका मतदान स्थलमा मतदान अधिकृत खटिसकेका छन । 

वडा स्तरमा राजनितिक दल, सरोकारवाला, सुरक्षा निकाय सबै सँग सर्वदलिय बैठक गरि मतदान सफल पार्नका लागि प्रतिबद्धता जनाईसकेका छन । १२ गते सबै मतदाताको फोटो सहीतको मतदाता नामावलि वितरण कार्य सम्बन्धीत मतदान स्थलबाट वितरण भईरहेको अछामका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद उपाध्याय पंगेनिले बताउनु भयो । 

यो अवधिमा अछाममा जिल्लामा निर्वाचन आयोग, मानवअधिकार कर्मि, जिल्ला स्तरिय अनुगमन सयन्त्र, जिल्ला स्थीत सञ्चारकर्मिलाई रिपोर्टिगँ तथा अनुगमनका लागि अनुमति पत्र दिईएको उहाँले बताउनु भयो । अछामका ४ नगरपालिका र ६ गाउँपालिकामा १० स्थानिय तहमा १ सय ८५ मतदान स्थाल रहेका छन । 

जिल्लामा १ लाख २७ हजार ७ सय ४२ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले बताउनु भयो । जिल्लाको शान्ति सुरक्षा निकै कडा पारिएको जिल्लाको शान्ति सुरक्षा समितीले जनाएको छ । 

अछामका ४७ मतदान स्थल निकै सँवेदनशिल रहेकाले कडा पारिएको प्रमुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले बताउनु भयो । मतदान स्थलमा म्यादि प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सैनीक खटाईएकाले मतदातालाई ढुक्कका साथ मतदान गर्न सबै मतदातालाई आग्रह गर्नु भएको छ । 

अछाम जिल्लामा असार १ गतेदेखि १५ गतेसम्म मदिरा निशेधित क्षेत्र घोषणा गरिएकाले यो अवधिमा विक्रिवितरण र सेवन गरेको पाईएमा कडा भन्दा कडा कारबाही गरिने उहाँले बताउनु भयो । अछाम जिल्लाका ४ सय ७० जनप्रतिनिधीका लागि १३ सय ५१ उम्मेद्धार चुनावि मैदानमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु