१५ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा

१५ कार्तिक २०८१, बिहीबार ११:५६

काठमाडौँ | नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान प्रतिबन्ध फुकुवा गरेको छ । थाइ एयर एसियाले स्पष्टीकरणसहित लिखित रूपमा माफी मागेपछि प्राधिकरणले उडान प्रतिबन्ध फुकुवा गरेको हो ।

आइतबार उडान अनुमति नलिई काठमाडौं आएको थाइ एयर एसियाको विमानलाई प्राधिकरणले तत्कालका लागि निलम्बन गरिएको थियो । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द गरिएको थियो ।

भैरहवा नियमित उडान गर्ने सर्तसहित बुधवार थाइ एयरको उडान फुकुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । भूलका अनुसार थाइ एयरले अब काठमाडौंका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्ने छ ।

अब आइतबार अर्थात् कार्तिक १८ गतेदेखि थाइ एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट पनि नियमित उडान गर्नेछ ।

थाइल्यान्डबाट काठमाडौं आएको उक्त विमान करिब एक घण्टा ‘होल्ड’ भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस–एमालेबीचको सहकार्य ०८४ सम्मै रहन्छ : ईश्वर पोखरेल आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? : प्रधानमन्त्री ओली साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री ओली खुमलटारमा देउसीको रौनक, छमछमी नाचेका प्रचण्डको दक्षिणा एक लाख रास्वपाले रवि पक्राउको विरोधमा दैउसीभैलो खेल्ने सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने आज पनि सुनको मूल्य हालसम्मकै महँगो ! दिल्ली क्यापिटल्सबाट रिलिज भए रिषभ पन्त, मेगा अक्सनमा जादै खेललगत्तै काठमाडौं महानगरले खेलाडीलाई दियो २५ लाख, बालेन र सुनिताद्वारा चेक प्रदान सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने प्रहरीको कुकुर पूजा (फोटो फिचर) यम पंचकका पाँच दिन: यस्तो छ महत्व र पूजा विधि भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा साफ च्याम्पियनसिपमा हारपछि महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङद्वारा राजीनामा घोषणा अन्तरिम प्रशिक्षकको सफल सुरुआत, म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा पूर्वी स्पेनमा वर्षाका कारण आएको भीषण बाढीबाट ९५ जनाको मृत्यु महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज मनाइँदै रवि लामिछानेलाई थप गरिएको म्याद सकिए पनि तिहार हिरासतमै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?