असर १२, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले असावधानीपूर्वक सडक खन्दा नेपाल विद्युत् प्राधिकरणको भूमिगत प्रसारण प्रणालीमा क्षति पुगेका कारण राजधानी काठमाडौँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असर १२, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले असावधानीपूर्वक सडक खन्दा नेपाल विद्युत् प्राधिकरणको भूमिगत प्रसारण प्रणालीमा क्षति पुगेका कारण राजधानी काठमाडौँ"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमिगत तार चुडिँदा उपत्यकामा विद्युत् आपूर्ति अवरुद्ध

१२ असार २०७४, सोमबार १३:३०


असर १२, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले असावधानीपूर्वक सडक खन्दा नेपाल विद्युत् प्राधिकरणको भूमिगत प्रसारण प्रणालीमा क्षति पुगेका कारण राजधानी काठमाडौँका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार सिंहदरबारभित्रको सबस्टेशनको ६६ केभी भूमिगत तार पड्किँदा विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको हो । सिंहदरबार क्षेत्रमा मेलम्ची खानेपानीको पाइप बिछ्याउने क्रममा केबलमा क्षति पुग्दा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । 

खानेपानीको पाइप बिछ्याउने कामदारले सबस्टेसनको केबल खन्दा पड्किएर क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो । 

सिंहदरबार सबस्टेसनसँग जोडिने राजधानीका ११ वटा फिडरको सेवा अहिले अवरुद्ध रहेको र सेवा सञ्चालन गर्न अझै केही समयलाग्ने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणको प्राविधिक समूहले समस्या समाधान गर्न प्रयास गरिरहेको छ । विद्युत् अवरुद्ध हुँदा ३५ देखि ४० मेगावाट विद्युत् प्रणाली बाहिर गएको छ । सिंहदरबार वरपरका बागबजार, पुतलीसडक, अनामनगर, बबरमहललगायत स्थानमा सेवा अवरुद्ध हुन पुगेको हो । 

भूमिगत तार पड्किँदा विद्युत् आपूर्ति छिनछिनमा अबरुद्घ भइरहेको छ । यसअघि पनि चाबहिल, महाराजगन्ज क्षेत्रमा पनि खानेपानीको पाइप राख्दा असावधानीपूर्वक काम गरिँदा समस्या उत्पन्न भएको थियो । 

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–२ का प्रवक्ता एवम् इन्जिनियर लीलाप्रसाद ढकालले आयोजनाका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको भए तत्काल समाधान गर्न तयार रहेको बताउनुभयो । 

यसअघि पनि काठमाडौँका विभिन्न स्थानमा देखिएका समस्या समाधानका लागि प्राधिकरणसँग मिलेर काम गरेको जानकारी दिँदै उहाँले सिंहदरबारको पश्चिम गेट अगाडि उत्पन्न परिस्थिति समाधानको पहल भइरहेको उल्लेख गर्नुभयो । 

गत वर्ष नै जडान गरिएको पाइपमा प्राविधिक तयारी गर्ने क्रममा आज सिंहदरबारको पश्चिम गेट नजिक खानेपानी आयोजनाका कामदारले काम गर्दा प्राधिकरणको तारमा क्षति पुगेपछि प्राधिकरण, आयोजना दुवैले मिलेर समस्या समाधान गरिएको प्रवक्ता ढकालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली