Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा पुगेको छ । पहिलो खेलमा इङल्याण्डलाई पराजित गरेको नेपाल एक खेल अघि नै क्वाटरफाइनलमा पुगेको हो ।

पुल बी को दोस्रो खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेपछि नेपालको क्वाटरफाइनल निश्चित भएको हो । नेपालले क्वाटरफाइनलमा पुल डी को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ ।

पुल बी बाट अस्ट्रेलिया पनि क्वाटरफाइनलमा पुगेको छ भने इङल्याण्ड दुवै खेल हारेर बाहिरिएको छ । अब पुल बी को तेस्रो तथा अन्तिम खेल नेपाल र अस्ट्रेलियाबीच शनिबार हुने छ । यो खेल शनिबार बिहान नेपाली समय अनुसार सवा ६ बजे हुने छ ।