२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल श्रीलंकासँग ४० रनले पराजित, श्रीलंका सेमिफाइनलमा

१७ कार्तिक २०८१, शनिबार १५:२१

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ । सनिबार दिउँसो भएको खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा अलआउट भएको हो ।

नेपालका लागि राशिद खानले ८ छक्का र एक चौकासहित सर्वाधिक ५५ रन बनाए तर अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् ।

नेपालका नारायण जोशीले १३ रन बनाएर आउट भए । बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । खेलमा कप्तान सन्दीप जोरा र प्रतिश जिसी शून्य रनमै आउट भएपछि सुरुमै नेपाल कमजोर बनेको थियो । लोकेश बम ६ र विवेक यादव ५ रनमा आउट भए ।

श्रीलंकाको जितका लागि लहिरु समाराकून र थरिन्दु रथनायकेले दुई/दुई विकेट लिए भने धनञ्जय लक्षण र लिहुरु मधुसंकाले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १२३ रन बनाएको थियो ।श्रीलंकाका स्यान्डुन वेराक्कोडीले १४ बलमा पाँच छक्का र चार चौका मद्दतमा ५० रन बनाएर रिटायर्ड हर्ट भए । लिहुरु मधुसंकाकाले ३१, लहिरू समाराकूनले २२, थानुका दबारेले १८ रन बनाए ।

नेपालका प्रतिश जिसी र नारायण जोशीले एक/एक विकेट लिए ।

समूह चरणमा नेपालले इंग्ल्यान्ड र अष्ट्रेलियालाई पराजित गर्दै समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान