असार १३, काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार दिईने भएको छ । 

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १३, काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार दिईने भएको छ । 

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मान गरिने

१३ असार २०७४, मंगलवार १२:१३

असार १३, काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार दिईने भएको छ । 

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल(धुर्मस) र कुञ्जना घिमिरे(सुन्तली)को फाउण्डेशनलाई दिवंगत जननेता मदन भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा उक्त पुरस्कारवाट सम्मान गर्न लागिएको हो ।

असार १४ गते राजधानीमा आयोजित कार्यक्रममा फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिने बताईएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्पबाट क्षति भएको काभ्रेको पहरी गाउँ, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको विपन्न मुसहरवस्तीलाई नमुना वस्ती बनाएर हस्तान्तरण गरेको थियो । यस्तै फाउडेशनले हिामाल–पहाड–तराई नमुना वस्ती बनाउने कार्यक्रम अघि सारेको छ । 

धुर्मुस् सुन्तली फाण्डेशनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नेछन् । मदन भण्डारी फाउण्डेशनले जननेता भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा असार १४ गते बुधवार साढे १ बजे प्रज्ञा भवन कमलादीमा ‘दीगो विकासको आधार स्थानीय सरकार’ विषयक विचार गोष्ठीको समेत आयोजना गरेको छ । 

विचार गोष्ठीमा एमाले अध्यक्ष ओली सहित कांग्रेस नेता डा। रामशरण महत, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष कमल थापा, लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देव र संघीय समाजवादी फोरमका नेता शिवजी यादव विचार प्रस्तोताका रुपमा निम्त्याइएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनले जेष्ठ २२ गते आफ्नो नयाँ परियोजना अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’को अवधारणा सार्बजनिक गरेको गरिसकेको छ । फाउण्डेशनले निर्माण गर्ने यस परियोजना पुरै नेपालको एक हिस्सा बन्ने बताईएको छ । 

फाउण्डेशनले अवधारणा सार्बजनिक गरेसंगैं एक एनिमेटेड भिडियो समेत सार्बजनिक गरेको थियो । जुन भिडियो अनुसारनै नमुना नेपालको निर्माण गरिने र नेपालमा रहेका सम्पुर्ण जातजातीहरुको आ आफ्नै सांस्कृतिक प्रतिनिधित्व हुने गरि यस परियोजना निर्माण गरिने फाउण्डेशनले बताएको छ । 

अहिले उक्त परियोजनाका लागि स्थल छनौट भईरहेको बताईएको छ । फाउण्डेशनले काठमाण्डौको ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर लगायतका पायक पर्ने एक क्षेत्रमा यस परियोजना निर्माण गर्नेछ । 

सम्भावित केही स्थानहरुको बारेमा स्थानिय निकायसंग कुराकानी भईरहेको र यसको पुर्ण जानकारी केही समयमै फाईनल भएपछि सार्बजनिक गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी