२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दक्षिण अफ्रिकासँग भारत ६१ रनले विजयी

२४ कार्तिक २०८१, शनिबार ०८:५१

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत विजयी भएको छ । चार खेलको सिरिजमा भारत ६१ रनले विजयी हुँदै १–० को अग्रता लिन सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीले सञ्जु सामसनको १०७ रनको विस्फोटक इनिङ्सले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले १७ दशमलव ५ ओभरमा १४१ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा घरेलु टोलीलाई पहिलो ओभरमा अर्शदीप सिंहले पहिलो झटका दिएका थिए । उनले कप्तान एडेन मार्करामलाई आफ्नो शिकार बनाए । उनले आठ रन मात्रै बनाउन सके । यसपछि चौथो ओभरमा आवेश खानले ट्रिस्टन स्टब्सलाई आउट गरे ।

उनी पनि ११ रन बनाएर प्याभिलियन फर्किए । यसबाहेक रायन रिक्लेटन पनि २१ रन बनाएर आउट भए । ४४ रनको स्कोरमा तीन विकेट गुमाएको दक्षिण अफ्रिकालाई लामो र बलियो साझेदारीको खाँचो थियो । यस्तो अवस्थामा हेनरिक क्लासेन र डेभिड मिलरले जिम्मेवारी लिए । दुवैबीच चौथो विकेटका लागि ४२ रनको साझेदारी भएको थियो । जसलाई वरुण चक्रवर्तीले तोडेका थिए ।

उनले एउटै ओभरमा दुवैलाई आउट गरे । क्लासेन २५ रन र मिलर १८ रन बनाएर आउट भए । यसबाहेक प्याट्रिक क्रुगरले एक, मार्को जेन्सेनले १२, एन्डिले सिमेलेनले ६, जेराल्ड कोएट्जीले २३, केशव महाराजले पाँच र पिटरले पाँच ८ रन बनाए । भारतका लागि वरुण र रवि बिश्नोईले तीन–तीन विकेट लिए भने आवेश खानले दुई विकेट लिए । अर्शदीप सिंहले एक विकेट हात पारेका थिए ।

टस हारेर पहिले ब्याटिङमा आएको भारतीय टोलीले सामान्य सुरुवात गरेको थियो । सन्जु सामसन र अभिषेक शर्माबीच पहिलो विकेटका लागि २४ रनको साझेदारी भएको थियो । कोट्जेले भारतको साझेदारी तोडेका थिए ।

उनले ७ रन बनाएका अभिषेकलाई पहिलो विकेटको रुपमा आउट गरे । त्यसपछि सूर्यकुमार यादवले सञ्जुसँग दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए ।

कप्तान यादव १७ बलमा २१ रन बनाएर आउट भए । त्यसपछि तिलक वर्माले सामसनलाई साथ दिए । यी दुईबीच ७७ रनको साझेदारी भयो ।

तिलक ३३ रन बनाएर आउट भए । विकेटकिपर ब्याट्सम्यान सामसनले ४७ बलमा शतक बनाए । उनको टी–२० अन्तर्राष्ट्रिय करियरको यो दोस्रो शतक हो । उनले लगातार दोस्रो खेलमा शतक प्रहार गरे ।

भारतका लागि हार्दिक पाण्ड्याले २ रन, रिंकु सिंहले ११ रन, अक्षर पटेलले ७ रन, रवि बिश्नोईले एक रन र अर्शदीप सिंहले ५ रन बनाए । दक्षिण अफ्रिकाका गेराल्ड कोएट्जीले ३ विकेट लिए । यसबाहेक मार्को जेनसेन, केशव महाराज, पिटर र क्रुगरले एक–एक विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य