२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ विश्वकप छनोट : शीर्षमा पुग्न नेपाल जित्नैपर्ने दबाबमा, फेरि पनि यूएईकै डर

२६ कार्तिक २०८१, सोमबार १५:२०

काठमाडौं | यूएईमा जारी आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । चार म्याच खेल्दासम्म नेपाल ६ अंकसहित दोस्रो स्थानमा रहेको हो ।

प्रतियोगितामा नेपालले तीनमा जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले हराउँदै जितको खाता खोलेको थियो । उक्त खेलमा १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डलाई नेपालले ११.४ ओभरमा ३५ रनमै अलआउट गर्‍यो ।

दोस्रो खेलमा नेपालले कुवेतविरुद्ध १ सय ८ रनको फराकिलो जित निकाल्यो । उक्त म्याचमा पहिला ब्याटिङ गरेको नेपालले १ सय ३० रन बनायो ।

१ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेतलाई नेपालले १२ ओभरमा २२ रनमै अलआउट गर्दै १ सय ८ रनको फराकिलो जित दर्ता गर्यो । तेस्रो खेलमा भने नेपाल आयोजक यूएईसँग १३ रनले स्तब्ध भयो ।

यस खेलमा यूएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र जोड्न सक्यो । चौथो खेलमा नेपालले फेरि उत्कृष्ट कमब्याक गर्दै थाइल्याण्डलाई १ सय ६ रनले हरायो ।

यस म्याचमा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । १ सय ४० रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको थाइल्याण्डलाई नेपालले १६ ओभरमा ३३ रनमै अलआउट गर्‍यो ।

यो जितपछि विश्वकपमा छनोट हुने नेपालको सम्भावना कायमै रहेको छ । नेपालले अब विश्वकपको टिकट हात पार्न राम्रो नेट रन रेटका साथ प्रत्येक खेल जित्नुपर्ने समीकरण बनेको छ ।

यदि बाँकी दुईवटै खेलमा जित दर्ता गर्न सके महिला विश्वकप खेल्ने नेपालको सपना साकार हुने सम्भावना छ । त्यसका लागि नेपालले कुवेत र यूएईलाई हराउनुपर्नेछ । कुवेतविरुद्ध नेपालको जित पक्काजस्तै छ । नेपाललाई फेरि डर भनेको यूएईसँग हो ।

यूएईले अरू टिमसँग हार बेहोरे पनि नेपाललाई फाइदा हुनेछ । यद्यपि थाइल्याण्डले यूएईलाई हराउन गाह्रो छ । ४ खेलबाट ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको यूएई जारी प्रतियोगितामा अपराजित छ । र, ऊ गत संस्करणको विश्वकप खेलेको टिमसमेत हो ।

यसपालि पनि सानदार लय र घरेलु मैदानको फाइदा उठाउँदै यूएई विश्वकपको टिकट सुरक्षित गर्ने योजनामा छ । उसको लक्ष्यमा नेपाल मात्र बाधक बन्न सक्छ । किनकी यस प्रतियोगितामा यूएईलाई चुनौती दिन सक्ने टिम नेपाल मात्र देखिएको छ ।

नेपालले अब मंगलबार कुवेत र बुधबार यूएईसँग खेल्ने तालिका छ । प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक टोलीले एक अर्कासँग समान दुई खेल खेल्ने छन् । चारमध्ये शीर्ष स्थान हासिल गर्ने टिमले आउँदो वर्ष मलेसियामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य