२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशमा भिजिट भिसामा कार्यरत नेपालीलाई श्रम स्वीकृति दिने श्रम मन्त्रालयको निर्णय

२०८१, २६ कार्तिक सोमबार १८:०२

काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिजिट भिसामा गएर गन्तव्य देशमा काम गरिरहेका नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। श्रम स्वीकृति प्रक्रिया नेपाली दूतावासमार्फत गरिने मन्त्रालयले जनाएको छ।

श्रम मन्त्री शरतसिंह भण्डारीले श्रम स्वीकृति नलिई गएका नेपाली श्रमिकलाई गैरकानूनी स्थितिमा राख्न नहुने भन्दै, दूतावासमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको बताए। “गन्तव्य देशले वैधानिकता दिएपछि नेपालले ती श्रमिकलाई गैरकागजातबिहीन बनाउन मिल्दैन,” उनले भने।

नेपालमा श्रम स्वीकृति नलिई विदेशमा गएका श्रमिकहरूको यकिन विवरण मन्त्रालयसँग नभए पनि, विभिन्न नेपाली दूतावासका अनुसार करिब तीन लाख नेपाली श्रमिक बिना श्रम स्वीकृति गन्तव्य देशमा कार्यरत छन्, जसमा संयुक्त अरब इमिरेट्स (युएई)मा मात्र दुई लाख भन्दा बढी रहेका छन्। अन्य धेरै कुवेत, साउदी अरब र ओमानमा कार्यरत छन्।

मन्त्री भण्डारीले पारिवारिक पुनर्मिलन, श्रमिकको कल्याणकारी सुविधा र सामाजिक सुरक्षाका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय लिइएको बताए। “नेपाल फर्किएपछि सोही रोजगारदातासँग काम गर्न श्रम स्वीकृति अनिवार्य छ, र यसको अभावले कतिपय महिला र पुरुष श्रमिक नेपाल फर्किन डराउँछन्,” उनले भने। “पारिवारिक पुनर्मिलनको लागि पनि यो प्रक्रिया महत्वपूर्ण छ।”

श्रम स्वीकृति प्रदान गर्नका लागि दूतावासमा बायोमेट्रिक प्रणाली जडान गर्न लागिएको बताउँदै मन्त्री भण्डारीले, “बायोमेट्रिक प्रणाली जडान भएपछि मात्र श्रम स्वीकृति जारी गर्न सकिन्छ, र अहिले हामी सबै दूतावासमा बायोमेट्रिक जडान गर्ने प्रक्रियामा छौं,” भने।

वैदेशिक रोजगार बोर्डका अनुसार श्रम स्वीकृति नलिएका श्रमिकहरू कल्याणकारी सुविधाबाट बञ्चित हुन्छन्। बोर्डले श्रमिक मृत्यु हुँदा आश्रित परिवारलाई १० लाख रुपैयाँ र बीमा वापत १४ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ, साथै सामाजिक सुरक्षा कोषमा आवद्ध परिवारलाई आजीवन पेन्सनको सुविधा पनि प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ