१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विदेशमा भिजिट भिसामा कार्यरत नेपालीलाई श्रम स्वीकृति दिने श्रम मन्त्रालयको निर्णय

२६ कार्तिक २०८१, सोमबार १८:०२

काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिजिट भिसामा गएर गन्तव्य देशमा काम गरिरहेका नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। श्रम स्वीकृति प्रक्रिया नेपाली दूतावासमार्फत गरिने मन्त्रालयले जनाएको छ।

श्रम मन्त्री शरतसिंह भण्डारीले श्रम स्वीकृति नलिई गएका नेपाली श्रमिकलाई गैरकानूनी स्थितिमा राख्न नहुने भन्दै, दूतावासमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको बताए। “गन्तव्य देशले वैधानिकता दिएपछि नेपालले ती श्रमिकलाई गैरकागजातबिहीन बनाउन मिल्दैन,” उनले भने।

नेपालमा श्रम स्वीकृति नलिई विदेशमा गएका श्रमिकहरूको यकिन विवरण मन्त्रालयसँग नभए पनि, विभिन्न नेपाली दूतावासका अनुसार करिब तीन लाख नेपाली श्रमिक बिना श्रम स्वीकृति गन्तव्य देशमा कार्यरत छन्, जसमा संयुक्त अरब इमिरेट्स (युएई)मा मात्र दुई लाख भन्दा बढी रहेका छन्। अन्य धेरै कुवेत, साउदी अरब र ओमानमा कार्यरत छन्।

मन्त्री भण्डारीले पारिवारिक पुनर्मिलन, श्रमिकको कल्याणकारी सुविधा र सामाजिक सुरक्षाका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय लिइएको बताए। “नेपाल फर्किएपछि सोही रोजगारदातासँग काम गर्न श्रम स्वीकृति अनिवार्य छ, र यसको अभावले कतिपय महिला र पुरुष श्रमिक नेपाल फर्किन डराउँछन्,” उनले भने। “पारिवारिक पुनर्मिलनको लागि पनि यो प्रक्रिया महत्वपूर्ण छ।”

श्रम स्वीकृति प्रदान गर्नका लागि दूतावासमा बायोमेट्रिक प्रणाली जडान गर्न लागिएको बताउँदै मन्त्री भण्डारीले, “बायोमेट्रिक प्रणाली जडान भएपछि मात्र श्रम स्वीकृति जारी गर्न सकिन्छ, र अहिले हामी सबै दूतावासमा बायोमेट्रिक जडान गर्ने प्रक्रियामा छौं,” भने।

वैदेशिक रोजगार बोर्डका अनुसार श्रम स्वीकृति नलिएका श्रमिकहरू कल्याणकारी सुविधाबाट बञ्चित हुन्छन्। बोर्डले श्रमिक मृत्यु हुँदा आश्रित परिवारलाई १० लाख रुपैयाँ र बीमा वापत १४ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ, साथै सामाजिक सुरक्षा कोषमा आवद्ध परिवारलाई आजीवन पेन्सनको सुविधा पनि प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु