2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रजत विजेता बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किइन्

काठमाडौं । माल्दिभ्समा सम्पन्न पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किएकी छन् ।

पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा सहभागि भएर उनी आज बुधबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

उनले वुमन्स वान पिस स्विमसुट १६५ सेन्टिमिटर विधामा दोस्रो स्थान हात पारेकी थिइन् । १९ जनाले यस इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । गत वर्ष सनमले ५५ औं एसियन बडीविल्डिङ तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनी एसियनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ मा मिस भक्तपुर घोषित उनी दुई वर्ष प्लेयर अफ द इयर चुनिसकेकी छन् ।

विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मूलगुठीले खेलबाटै विश्वमा नेपाललाई चिनाउने काम गरिरहेको भएपनि सरकारले आफूहरुका लागि केही नगरेको गुनासो गरिन् ।

‘हामीलाई पनि राज्यले हेरिदेओस् भन्ने लाग्छ । हामीले पनि त खेलेरै विश्वमा देशलाई चिनाइरहेका छौं । दुर्भाग्य नेपालले नै हामीलाई चिन्दैन । यही दुखेसो छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा