२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल यु १९ महिला टी-२० विश्वकपमा छनोट

२८ कार्तिक २०८१, बुधबार १७:५९

काठमाडौँ | नेपाल आगामी वर्ष हुने आइसीसी यु–१९ महिला टि–२० विश्वकपमा छनोट भएको छ |

युनाइटेड अरब इमिरेट्स (युएई) मा आज भएको अन्तिम खेलमा युएईलाई हराउदै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको हो |

युएईले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा २ विकेटको क्षतिमा ४६ रन बनाएर जित हासिल गरको छ | एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो ।

नेपालका लागि सान प्रविन उत्कृष्ट पाली खेलिन | उनले ४१ बलमा अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन र सोनी पाख्रिन १३ रन बनाइन । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।

 

यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाएकी थिइन । त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन् भने ‌‌ केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाएकी थिइन ।

नेपालका लागि कृष्मा गुरुङले ४ विकेट लिएकी थिइन । भने रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिएकी थिइन ।

अब नेपालले आगामी वर्ष मलेसियामा हुने आइसिसी यु-१९ महिला टी२० विश्वकप खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै