२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता शनिबार हुँदै

२९ कार्तिक २०८१, बिहीबार १४:४५

काठमाडौं । प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता २०८१ हुने भएको छ ।

झापा १ सांसद सचिवालय, काठमाडौं तथा नेपाली कांग्रेस झापा १ काठमाडौं सम्पर्क समिति, काठमाडौंको आयोजनामा हुने प्रतियोगिता मंसिर १ गते शनिवार डिएभी स्कुल जावलाखेल, ललितपुरमा हुनेछ । प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम छ ।

असोज १२ गतेका लागि निर्धारित प्रतियोगिता भारी बर्षाका कारण स्थगित भएको थियो ।

प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन । ३० वर्ष मुनीका खेलाडी सहभागी हुने फुटसल प्रतियोगितामा झापा क्षेत्र नं १ का ७ वटा टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

जसमा क्षेत्र नं १ का साविकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता हुने टीमले २१ हजार नगद सहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोश्रो हुने टीमले ११ हजार नगद सहित ट्रफि र सम्मानपत्र पाउने आयोजक संस्था झापा १ काठमाडौं सम्पर्क समितिका संयोजक प्रज्वल कोइरालाले जानकारी दिए ।

उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारबीच मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङंदेन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता रवीन कोइराला, एलपी साँवा,माओवादीका रन्जीत तामाङ सहितका नेताहरू खेल्नेछन् भने कलाकारकातर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विल्सन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुढाथोकी लगायत भिड्नेछन् ।

साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं। १ क र ख का महिला टीमबीच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । झापाबाट काठमाडौं आइ बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरुलाई लक्षित गरि उक्त खेलको आयोजना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य