१ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो

१ मंसिर २०८१, शनिबार ०९:०६

काठमाडौं । टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ । ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो ।

जोहानेसबर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सञ्जु सामसन र तिलक वर्माको शतकीय पारिले निर्धारित २० ओभरमा जम्मा १ विकेट गुमाएर २८३ रनको विशाल योगफल तयार पारेको थियो ।

जवाफमा घरेलु टोली दक्षिण अफ्रिका १८.२ ओभरमा १४८ रन मै समेटियो । लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो । उसले पावरप्लेमा ४ विकेट गुमाएको थियो । ट्रिस्टन स्टब्स र डेभिड मिलरले सम्हाल्ने प्रयास गरे पनि यी दुई ब्याट्सम्यान आउट भएपछि दक्षिण अफ्रिकी टोलीले ‘कमब्याक’ गर्न सकेन र ठूलो स्कोरको पराजय भोग्न बाध्य बन्यो ।

दक्षिण अफ्रिकाका लागि स्टब्सले सर्वाधिक ४३ रन बनाए भने मिलरले ३६ रन बनाएका थिए । मार्को जोन्सनले १२ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै २९ रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाका ७ ब्याटरले दोहोरो अंकमा रन स्कोर गर्न असफल भए । भारतका लागि अर्शदीपले ३ विकेट लिँदा वरुण चक्रवर्ती र अक्षर पटेलले समान २–२ विकेट हात पारे । यसैगरी हार्दिक पाण्ड्या, रमनदीप सिंह र रवि बिश्नोईले एक एक विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि पहिला ब्याटिङ गर्दा भारतले उत्कृष्ट सुरुवात गरेको थियो । सञ्जु सामसन र अभिषेक शर्माबीच पहिलो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो ।

उक्त साझेदारीलाई लुथो सिपामलाले तोडेका थिए । उनले छैटौं ओभरमा अभिषेकलाई क्लासेनको हातबाट क्याच आउट गरे । उनी ३६ रन बनाएर मैदानबाट बाहिरिए ।

त्यसपछि विकेटकिपर ब्याट्सम्यान सञ्जुसँग दोस्रो विकेटका तिलक बर्माले ८६ बलमा २१० रनको नटआउट साझेदारी गरे ।

दुवैको शतकीय पारीका कारण भारतको स्कोर २८० भन्दा माथि पुगेको थियो । सञ्जुले ५६ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै १०९ रन बनाए भने तिलक वर्माले ४७ बलमा १० छक्का र ९ चौकाको मद्दतले १२० रन बनाए । सामसनले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक र तिलकले दोस्रो शतक बनाए । यी दुवैले यस सिरिजमा दुई–दुई शतक प्रहार गरेका छन् ।

रनको हिसाबले दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो हार भएको छ । यसअघि सन् २०२३ मा अस्ट्रेलियासँग १११ रनले पराजित भएको थियो । रनको हिसाबले यो खेल भारतको यो सबैभन्दा ठूलो जीतको सूचीमा तेस्रो स्थानमा समावेश भएको छ । गत वर्ष भारतले घरेलु मैदानमा न्युजिल्याण्डलाई १६८ रनले पराजित गरेको थियो भने २०१८ मा आयरल्याण्डलाई १४३ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ? रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन ‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’ डिजेल र मट्टितेलको भाउ बढ्यो पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो कति छ आज तरकारी र फलफूलको मूल्य ? रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा पनौतीको त्रिवेणी घाटमा रहेको ब्रमायणी मन्दिर र इन्द्रेश्वर महादेव मन्दिर (फोटो फिचर) मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण आजदेखि एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर हस्तकलाका सामानहरु उत्पादन गर्न बनेको विधेयक कार्यान्यनका लागि जोड दिइरहेका छौं: सभापति श्रेष्ठ शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : पहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल अर्याल एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैंक टाइटल स्पोन्सर