२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशबाट फर्कदा नेपालीले यी सामानमा पाउँछन् भन्सार छुट (विवरणसहित)

२०८१, २ मंसिर आईतवार १२:०२

काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपालीले भन्सार छुटमा ल्याउन पाउने, भन्सार तिरेर ल्याउन पाउने र भन्सार तिरेर पनि ल्याउन नपाउने सामानको विवरण सार्वजनिक गरेको छ । आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था बमोजिम अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसको जानकारी दिएको हो ।

यस अनुसार अघिल्लो वर्षको व्यवस्था भन्दा यसवर्ष सामान्य हेरफेर भएका छन् । यहाँ विदेशबाट आउँदा भन्सार छुटमा ल्याउन पाउने, भन्सार तिरेर ल्याउन पाउने र भन्सार तिर्छुभन्दा पनि ल्याउन नपाउने वस्तुहरूको बारेमा उल्लेख गरिएको छ ।

भन्सार तिरेर ल्याउन पाउने सामान

१. लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान,

२. औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि,

३. शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान,

४. सुनको गहना पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म।

चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया।

(सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका सुनका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तु गहनाको रूपमा ल्याउन पाइने छैन ।)

५. ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल फोन एक–एक थान । तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गइ लगातार कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल समेत पूरै छुट हुने र त्यस्तो थप एक थान नयाँ सेलुलर मोबाइल फोनको हकमा भन्सार प्रक्रिया पूरा गर्नु पर्नेछ।

६. श्रम स्वीकृति लिइ विदेश गएर कम्तीमा १२ महिना काम गरेर फर्किएका सामाजिक सुरक्षा कोषमा सूचीकृत नेपालीले ल्याएको जुनसुकै आकारको टेलिभिजन र सूचीकृत नभएका नेपालीले ल्याएको ३२ इञ्चसम्मको टेलिभिजन ।

७. बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान,

८. पेसागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरू एक–एक थान (जस्तै: डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, ब्याडमिन्टन सेट, गायक सङ्गीतकारको लागि गितार, हार्मोनियम, तबला जस्ता सामान)

९. सात किलोग्रामसम्म खाद्य परिकार,

१०. मदिरा एक लिटरसम्मको बोतल एक ।

यी सामानहरु आफू आउनुअघि पठाए पनि तोकिएको छुट पाइनेछ । त्यसमध्ये सुनचाँदी, ल्यापटप तथा मोबाइल एवं मदिरा बाहेक अरु सामानको हकमा भन्सार प्रमुखले औचित्य हेरेर छाडिदिन सक्नेछ ।

भन्सार तिरेर ल्याउन पाउने सामान

१. टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पङ्खा, रेडियो, सेलुलर मोबाइल ल्याउन पाउँछन् ।

२. लुगाफाटा, जुत्ता, कष्मेटिक्स लगायतका सामान १५ थान,

३. घरायसी प्रयोगका उपकरण (मिक्सर, जुसर, सिलाई मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता सामान) दुई–दुई थानसम्म ।

४. १० किलोग्राम सम्म खाद्य परिकार

५. व्यवसायिक पेशा डाक्टर इन्जिनियरमा रहेका यात्रुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई–दुई थान ।

६. यीबाहेक घर व्यवहारमा प्रयोग हुने वस्तु २–२ थान ।

तर, उल्लेखित बस्तुहरु तोकिएको भन्दा धेरै ल्याए पनि आवश्यकता हेरेर भन्सार अधिकृतले तोकिएभन्दा धेरै सामान भन्सार लिइ जाँचपास गरिदिन सक्नेछ ।

विदेशमा रहेका नेपाली नागरिकले ३५० अमेरिकी डलर मूल्यसम्मका माथि उल्लेखित सामान आफन्तलाई सामान पठाउँदा भन्सार छुट दिने व्यवस्था छ । त्यस्तो वस्तु आफू आउनुभन्दा अगाडि वा आएको तीन महिनासम्म जाँचपास हुनेगरी ल्याउन पाइनेछ ।

निःशुल्क ल्याउन पाउने हदभन्दा बढी उल्लेखित सामान ल्याएमा ६ महिनाभन्दा बढी विदेश बसेको हकमा १५ हजार, १ वर्षभन्दा बढी विदेश बसेका व्यक्तिको हकमा २५ हजार रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार छुट हुनेछ । १६ वर्षभन्दा कम उमेरको यात्रुले भने ५० प्रतिशतमात्रै छुट पाउँछन् ।

विदेशमा बसेका नेपाली यात्रुले सामान पठाउँदा हुने छुट

१. आफूले प्रयोग गरेका लत्ता कपडा हुलाकबाट पठाउँदा पूर्ण छुट ।

२. २०० खिल्ली चुरोट र ५० खिल्ली सिगार ल्याउँदा भन्सार छुट हुने तर सो परिमाणभन्दा बढी चुरोट वा सिगार ल्याएमा बढी परिमाणमा लाग्ने भन्सार महसुलमा १०० प्रतिशत थप भन्सार महसुल लाग्ने ।

३. भारतीय सेना वा प्रहरीमा रिटायर्ड भएर घर फर्किदा एक पटकका लागि ५० हजार रुपैयाँसम्म निजी प्रयोगको घरायसी सामानमा भन्सार छुट ।

४. कुनै नेपाल नागरिकको विदेशमा मृत्यु भएमा त्यस्तो व्यक्तिको निजी प्रयोगका सवारी साधन बाहेकका सबै सामान ल्याउँदा भन्सार छुट ।

५. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यक्तिगत प्रयोजनमा ल्याउन पाउने भनी तोकेका वस्तुहरु भन्सार महसुल तिरेर जति पनि ल्याउन पाइने ।

जफत हुने सामानहरु

१. विदेशबाट आउने नेपालीले ल्याएको सुन छुट हुने सीमाभन्दा ५० ग्राम बढी भए बढी भएको परिमाणमा तोकिएको दर अनुसार र ५० देखि १०० ग्रामसम्म भए थप ३ प्रतिशत अतिरिक्त शुल्क लिएर जाँचपास गर्ने । त्योभन्दा धेरै भए जफत गर्ने ।

२. चाँदीहरुका हकमा भने छुट हुने सीमाभन्दा जति धेरै ल्याए पनि ५० ग्राम बढी भए बढी भएको परिमाणमा तोकिएको दर अनुसार र ५० देखि जति धेरै भए पनि थप ३ प्रतिशतमा जाँचपास गरिने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ