२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा

२०८१, ४ मंसिर मंगलवार ०९:१४

काठमाडौं । युइएफए नेसन्स लिगमा क्रोएशिया र पोर्चुगलले एक एक गोलको बराबरी खेलेका छन् ।

बराबरीसँगै दुवै टोलीले नेसन्स लिगको क्वाटरफाइनलमा पनि स्थान सुरक्षित गर्न सफल भए । पहिला नै समूह विजेता बनेको पोर्चुगलले पोल्यान्डमाथि ५–१ को प्रभावशाली जित पछि क्रोएशियाविरुद्ध प्रमुख खेलाडीलाई विश्राम दिएको थियो । क्रिस्टियानो रोनाल्डो र बर्नार्डो सिल्भा जस्ता स्टार खेलाडी बाहिर हुँदा पनि रोबर्टो मार्टिनेजको टोलीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन ग¥यो ।

३३ औं मिनेटमा भिटिन्हाको लामो पासमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा माटेओ कोभासिचको स्थानमा मारियो पासालिच मैदानमा उत्रिए र कप्तान लुका मोड्रिचसँगै गतिलो तालमेल गरे । डिफेन्समा रहेका जोस्को ग्भार्डिओलले गरेको एउटा हेडर अफसाइड भएको थियो ।

तर, ६५ औं मिनेटमा उनैले कर्नरबाट आएको बललाई पोस्ट नजिकैबाट गोलमा परिणत गर्दै खेल बराबरी गरे ।
यसैबीच, एन्डी रोबर्टसनको अन्तिम समयको गोलले स्कटल्याण्डले पोल्यान्डलाई हराए पनि रेलिगेसन प्लेअफमा जाने भएको छ । पोल्यान्ड झन् दोस्रो डिभिजनमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी