२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता

८ मंसिर २०८१, शनिबार ११:५३

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले ४६ रनको अग्रता लिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको भारत जम्मा १५० रनमा समेटिएको थियो । भारतलाई सस्तैमा समेटर आफ्नो पहिलो पारि पहिलो दिन नै सुरु गरेको अस्ट्रेलिया दोस्रो दिनको पहिलो सेसनमै १०४ रनमा अलआउट हुँदा भारतले ४६ रनको अग्रता लिएको थियो ।

पहिलो दिन नै १७ विकेट गुमेको थियो । भारतका १० विकेट गुम्दा अस्ट्रेलियाले पहिलो दिन ७ विकेट गुमाएर ६७ रन बनाएको थियो । दोस्रो दिन ३७ रन बनाउँदा बाँकी ३ विकेट गुमाउन पुग्यो ।

अस्ट्रेलियालाई सस्तैमा आउट गर्ने क्रममा भारतका जसप्रित बुमराहले सर्वाधिक ५ विकेट लिँदा हर्सित रानाले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक २६ रन बनाउँदा विकेटकिपर ब्याटर एलेक्स केरीले २१ रन जोडे । यसैगरी ट्राभिस हेड ११ र नाथन म्याकस्वेनीले १० रनमात्र बनाए ।

पहिलो पारिमा भारतका नितिश कुमारले ४१ रन बनाउँदा रिसभ पन्तले ३७ रनको पारि खेले । केएल राहुलको ब्याटबाट २६ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन विर्सन लायक रह्यो ।

अस्ट्रेलियाका जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिँदा पाट कमिन्स, मिचेल स्टार्क र मिचेल मार्सले दुई दुई विकेट लिएका थिए ।
यो ५ खेलको टेस्ट सिरिज हो । टेस्ट च्याम्पियनसिपको लागि भारत र अस्ट्रेलिया दुवैलाई यो सिरिज महत्त्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य