2026-09-19 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले ४६ रनको अग्रता लिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको भारत जम्मा १५० रनमा समेटिएको थियो । भारतलाई सस्तैमा समेटर आफ्नो पहिलो पारि पहिलो दिन नै सुरु गरेको अस्ट्रेलिया दोस्रो दिनको पहिलो सेसनमै १०४ रनमा अलआउट हुँदा भारतले ४६ रनको अग्रता लिएको थियो ।

पहिलो दिन नै १७ विकेट गुमेको थियो । भारतका १० विकेट गुम्दा अस्ट्रेलियाले पहिलो दिन ७ विकेट गुमाएर ६७ रन बनाएको थियो । दोस्रो दिन ३७ रन बनाउँदा बाँकी ३ विकेट गुमाउन पुग्यो ।

अस्ट्रेलियालाई सस्तैमा आउट गर्ने क्रममा भारतका जसप्रित बुमराहले सर्वाधिक ५ विकेट लिँदा हर्सित रानाले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
अस्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक २६ रन बनाउँदा विकेटकिपर ब्याटर एलेक्स केरीले २१ रन जोडे । यसैगरी ट्राभिस हेड ११ र नाथन म्याकस्वेनीले १० रनमात्र बनाए ।

पहिलो पारिमा भारतका नितिश कुमारले ४१ रन बनाउँदा रिसभ पन्तले ३७ रनको पारि खेले । केएल राहुलको ब्याटबाट २६ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन विर्सन लायक रह्यो ।

अस्ट्रेलियाका जोस हेजलवुडले सर्वाधिक ४ विकेट लिँदा पाट कमिन्स, मिचेल स्टार्क र मिचेल मार्सले दुई दुई विकेट लिएका थिए ।
यो ५ खेलको टेस्ट सिरिज हो । टेस्ट च्याम्पियनसिपको लागि भारत र अस्ट्रेलिया दुवैलाई यो सिरिज महत्त्वपूर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह