११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा

११ मंसिर २०८१, मंगलवार ११:३५

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने घोषणा गरेका छन्।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार झाँक्री भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका कागेश्वरी मनोहरा-२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीको घरमै पुगेर अध्यक्ष प्रचण्डले पीडित परिवारमा समवेदना प्रकट गरेका हुन्। प्रचण्ड सोमबार साँझ त्यहाँ पुगेका हुन्।

यस क्रममा उनले नगरकोटी दम्पतीका दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहेने घोषणा गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

‘अध्यक्ष क. प्रचण्ड हिजो (सोमबार) बेलुकी कागेश्वरी मनोहरा-२ आलापोट पुग्नुभयो। झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाउनु भएका ३८ वर्षीय नारायण नगरकोटी र उहाँकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गर्नुभयो’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मंगलबार बिहान वक्तव्य जारी गरी भनेका छन्, ‘उहाँले कीर्तिशेष नारायण र सानुमायाका दुई छोरी गरिमा र अनु नगकोटी नानीहरूको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने बताउनुभयो।’

गत कात्तिक २८ गते दिउँसो शंखरापुर नगरपालिका-९, स्थित साँखु-थली सडकखण्डमा झाँक्री प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारले बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकलमा सवार नगरकोटी दम्पती गम्भीर घाइते भएका थिए। पछि उपचारका क्रममा दुवै जनाको मृत्यु भयो।

झाँक्री भुजेल हाल प्रहरीको हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै