२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्?

१२ मंसिर २०८१, बुधबार १३:५७

काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि ६ जना विदेशी कमेन्टेटरलाई भित्र्याएको छ। बुधबार क्यानले नेपाल प्रिमियर लिगको आधिकारिक पेजमार्फत कमेन्टेटरहरूको नाम सार्वजनिक गरेको हो।

यसपटक कमेन्ट्री टोलीमा अमेरिकाका चर्चित कमेन्टेटर एन्ड्रयु लेनर्डको पनि समावेश छ। लेनर्डले नेपालका धेरैजसो खेलहरूमा कमेन्ट्री गर्दै आएका छन्। उनीसँगै दक्षिण अफ्रिकाका एचडी अकरम्यान, इङ्ल्यान्डका ड्यारेन गौफ, भारतका श्रीधरण श्रीराम, क्यानडाकी मोनाली पटेल, र भारतीय पत्रकार तथा कमेन्टेटर मिखाइल वासवानी पनि टोलीमा रहेका छन्।

कमेन्टेटरहरूको परिचय

एन्ड्रयु लेनर्ड: नेपाल क्रिकेटका चर्चित अमेरिकी कमेन्टेटर हुन्। उनले नेपालका अधिकांश खेलहरूमा कमेन्ट्री गर्दै आएका छन्।

एचडी अकरम्यान: दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर, जसले सन् १९९८ मा टेस्ट क्रिकेट खेलेका थिए। खेल जीवनपछि अकरम्यानले पेशेवर कमेन्टेटरको रूपमा नाम कमाएका छन्।

ड्यारेन गौफ: इङ्ल्यान्डका पूर्वक्रिकेटर, जसले टेस्ट, ओडीआई, र टी-२०आई खेल खेलेका छन्। उनले १५९ ओडीआई खेलमा २३५ विकेट लिएका थिए।

श्रीधरण श्रीराम: भारतका पूर्वक्रिकेटर, जसले सन् २००० देखि २००४ सम्म भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए।

मोनाली पटेल: क्यानडाकी पूर्वक्रिकेटर, जसले सन् २०१९ मा क्यानडाबाट दुई टी-२०आई खेल खेलेकी थिइन्।

मिखाइल वासवानी: भारतका चर्चित पत्रकार र कमेन्टेटर, जसले क्रिकेट विश्लेषणमा राम्रो पहिचान बनाएका छन्।

एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।नेपाल प्रिमियर लिगमा यी अनुभवी कमेन्टेटरहरूको सहभागिताले लिगलाई थप रोचक र अन्तर्राष्ट्रिय स्तरको बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै