१३ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत

१३ मंसिर २०८१, बिहीबार ०९:२४

काठमाडौं । च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडमाथि सानदार जीत निकालेको छ ।

बुधबार राति एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोको गोलको मद्दतमा लिभरपुलले साविक विजेता रियल मड्रिडलाई २-० गोलले पराजित गरेको हो ।

लिगमा पाँचौं चरणको खेलसम्म अपराजित रहेको लिभरपुलले म्याक एलिस्टरको गोलमार्फत ५२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । त्यसको केही मिनेटमा रियल पेनाल्टी पाए पनि एम्बाप्पेले खेललाई बराबरी गर्न सकेनन्। उनको पेनाल्टी लिभरपुलका खेलाडीले बचाएका थिए।

त्यसपछि खेलको ७६औं मिनेटमा कोडे गाक्पोको गोलमार्फत लिभरपुलले रियलमाथि २–० को जीत निकाल्यो ।

यसै खेलमा लिभरपुलले पनि पेनाल्टी पायो तर मोहम्मद सलाहले गोलपोस्ट बाहिर हानेपछि मैदानमा हाँसो गुन्जयमान भएको थियो।

यो जीतसँगै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलमाथि लिभरपुलको १५ वर्षपछिको यो पहिलो जीत हो । लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई पराजित गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वामीकार्तिक खापरमा आफ्नो उम्मेदवारले एमालेको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीभित्र विवाद! दक्षिण भारतीय अभिनेता धनुषद्वारा नयनताराविरुद्ध अदालतमा मुद्दा दायर बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी सात महिनापछि पक्राउ सानो गौचरनमा काठमाडाैं महानगरले स्टेडियम बनाउँदै, उपप्रमुख डंगाेलले गरिन् शिलान्यास विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे आज प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक च्याम्पियन्स लिगमा रियलमाथि लिभरपुलको २-० गोलको सानदार जीत प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? परराष्ट्रमन्त्री आरजु राणा आज चीन भ्रमणमा जाँदै आजको मौसम: पहाडी तथा तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ गर्ने बहानामा बोलाएर हनिट्रयापमा पार्ने गिरोहका तीन जना पक्राउ वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ५५ करोड कारोबार दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार, रिट खारेज रास्वपा प्रमुख सचेतक परियार र ओलीबीच भेटवार्ता: के-के भयो कुराकानी? रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दा : सर्वोच्चले मगायो भाषणको पूर्णपाठ प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने तय