२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो

१९ मंसिर २०८१, बुधबार १३:०४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने दोस्रो खेलमा विराटनगर किङ्सले लुम्बिनी लाइन्सविरुद्ध टस जितेको छ । विराटनगरले टस जितेर बलिङ गर्ने निर्णय लिएसँगै लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ ।

विराटनगरले यसअघि दुई खेल खेलिसकेको छ भने लुम्बिनी पहिलो खेलका लागि मैदानमा उत्रँदै छ । आफ्नो पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगरविरुद्ध ९० रनको जित निकालेको थियो ।

उता लुम्बिनी भने एनपीएलको पहिलो खेलका लागि मैदानमा उत्रन लागेका हुन् । लुम्बिनीको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहित कुमार पौडेल हुन् । त्यस्तै विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने हुन् ।

लुम्बिनी पहिलो खेलमा विराटनगरलाई पराजित गर्दै विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । यसअघि दुई खेलमा लगातार पराजय व्यहोरेको विराटनगर भने तेस्रो खेलमा पहिलो जितको खोजिमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ