२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो

१९ मंसिर २०८१, बुधबार १३:०४

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने दोस्रो खेलमा विराटनगर किङ्सले लुम्बिनी लाइन्सविरुद्ध टस जितेको छ । विराटनगरले टस जितेर बलिङ गर्ने निर्णय लिएसँगै लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ ।

विराटनगरले यसअघि दुई खेल खेलिसकेको छ भने लुम्बिनी पहिलो खेलका लागि मैदानमा उत्रँदै छ । आफ्नो पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगरविरुद्ध ९० रनको जित निकालेको थियो ।

उता लुम्बिनी भने एनपीएलको पहिलो खेलका लागि मैदानमा उत्रन लागेका हुन् । लुम्बिनीको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहित कुमार पौडेल हुन् । त्यस्तै विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने हुन् ।

लुम्बिनी पहिलो खेलमा विराटनगरलाई पराजित गर्दै विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । यसअघि दुई खेलमा लगातार पराजय व्यहोरेको विराटनगर भने तेस्रो खेलमा पहिलो जितको खोजिमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ