Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर २० गते, दिउँसो १२:०९ बजे
खेलकुद

एनपीएलमा जनकपुरको तेस्रो जित, ७ विकेटले हरायो पोखरालाई

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | एनपीएलमा जनकपुरले तेस्रो खेल जितको छ। यसअघि विराटनगर किङ्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुरले आजको खेलमा पोखरालाई पराजित गरेको हो ।

आज जनकपुरले आफ्नो तेस्रो खेलमा पोखरालाई ७ विकेटले हराएको हो।

पोखराले जनकपुरलाई १३९ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो। जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य पुरा गरेको हो ।

जनकपुरको जितमा लाहिरु मालिन्थाले ४५ र जेम्स नीशामले ४० रन बनाए । यस्तै, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३ बनाए । बलिङतर्फ पोखराका विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १-१ विकेट लिए ।

यो पोखराको दोस्रो हार हो । पहिले खेलमा पोखरा चितवन राइनोजसँग पराजित भएको थियो ।