२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने यी ४ खेलाडीमध्ये कसले पाउला ६२ लाखको कार?

२०८१, ५ पुष शुक्रबार १६:३३

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि शनिबार हुँदैछ, फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स उपाधिका लागि भिड्दैछन्।

यसैबीच एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमोडाको कार दिने घोषणा गरिएको छ।

प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले गाडी पाउने भनेपछि फ्यानहरुमा झनै चासो देखिएको छ ।

प्रतियोगिता भर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमेडाले ओमोडा ई–५ कार दिने छ । नेपाल क्रिकेट संघ (क्यान) र ब्रान्ड डिजिटल लजिक प्रालिको संयुक्त पहलमा यो सम्झौता गरिएको हो।

हालसम्मका दावेदारमध्ये रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, ललित नारायण राजबंशी, र कुशल मल्ल मुख्य प्रतिस्पर्धी मानिएका छन्।

कार जित्नसक्ने बलियो दावेदार हुन् सुदुरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी, दिपेन्द्र ले २१८ रन बनाउँदै एक अर्धशतक पूरा गरेका छन् र सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन्। भोलिको खेलमा सुदूरपश्चिमलाई जित दिलाउन सके उनी कार जित्ने बलियो दावेदार हुनेछन्।

त्यस्तै कार जित्नसक्ने अर्का बलियो दावेदार हुन् लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, रोहितले प्रतियोगितामा सात खेल खेल्दै २७९ रन बनाएका छन्, जसमा दुई अर्धशतक छन्। बलिङतर्फ पनि उनले ७ विकेट लिएका छन्।

कार जित्ने होडमा बलिया अर्का खेलाडी हुन् जनकपुरका ललित, ललितले ९ खेलमा १६ विकेट लिँदै जनकपुरलाई फाइनल पुर्याउन अहम भूमिका खेलेका छन्। उनको उत्कृष्ट प्रदर्शन ३ विकेट लिँदा ८ रन खर्चिनु हो। उनले पनि भोलिको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जनकपुरलाई जित दिलाउन सके उनी पनि कार जित्ने बलियो दावेदार हुनेछन्।

त्यस्तै कार पाउने खेलाडीको हकदारको चौथो स्थानमा चितवनका कुशल मल्ल छन् । मल्लले ८ खेलमा २२३ रन बनाएका छन् र बलिङमा ९ विकेट लिएका छन्।

अब भोलि शनिवारको फाइनल खेलमा दिपेन्द्रले उनीभन्दा कम रन बनाएको खण्डमा मल्ल कार जित्ने खेलाडीको दाबेदार बन्ने छन् ।

कस्तो छ ओमोडा ई-फाइभ ?
ओमोडा ई-फाइभको लम्बाइ ४४२४ एमएम, चौडाइ १८३०, उचाइ १५८८ र ह्वीलबेस २६३० एमएम रहेको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । एक पटकको चार्जमा यसले ५१० किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ । यो गाडीले शून्यदेखि १०० किलोमिटरको गति ७.६ सेकेन्डमै पकड्ने कम्पनीले जनाएको छ ।

यसको टर्क ३४० एनएम रहेको छ भने टप स्पिड १७२ किलोमिटर प्रति घण्टा रहेको छ । यसमा १८ इन्चको स्पोर्ट्स ह्विल छ भने १० वाट वाइन्ड रेसिस्टेन्स ह्विल रहेको छ ।

उच्च गुणस्तरको एलईडी हेडलाइट रहेको यस गाडीमा टी आकारको डे टाइम रनिङ लाइट समावेश छ । यसमा २४.६ इन्चको डुअल स्क्रिन छ । ‘क्रोम सेप्ड’ डोर ह्यान्डल, सोनी स्पिकर, सिम्पल वुडग्रेन डिजाइन यसका थप आकर्षक विशेषता हुन् ।

कम्पनीका अनुसार यो गाडीमा सन रुफ समेत दिइएको छ । त्यस्तै यसमा २५६ कलर एम्बियन्ट लाइट समावेश गरिएको छ । इन्टेरियर कलर टोनका सन्दर्भमा यो गाडी ब्ल्याक इन्टेरियर र ब्लु ह्वाइट स्टिट्चिङ इन्टेरियटर कलर टोनमा उपलब्ध छ भने बाहिरपट्टि ह्वाइट, ब्ल्याक, रेड, ब्लु, अक्वाटिक ग्रिन, ग्रे र सिल्भर कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ट्राफिक जाममा पनि सुरक्षित र आरामदायी यात्राका लागि यो गाडीमा ट्राफिक जाम असिस्टेन्ट (टीजेए) तथा रियर एक्रस ट्राफिक असिस्टेन्ट (आरसीटीए) समावेश गरिएको छ । गाडीमा भएका विभिन्न सेन्सरले गाडीको अगाडि, पछाडि, दायाँ वा बायाँ कुनै वस्तु ठोक्किन आए तुरुन्त अलर्ट दिनेछ ।

यसमा कम्पनीले सात ओटा एयर ब्याग दिएको छ । लेन किपिङ असिस्टेन्ट, डिपार्चर रिमाइन्डर, आईईएस, फ्रन्ट कोलाइजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ट्राफिक जाम एभोइडेन्स असिस्टेन्ट, डोर ओपन वार्निङ यो गाडीमा भएका सेफ्टी फिचरहरू हुन् ।

कम्पनीका अनुसार यो गाडीले ईयू फाइभ स्टार सेक्युरिटी स्ट्यान्डर्ड र चाइना फाइभ स्टार सेक्युरिटी स्ट्यान्डर्ड प्राप्त गरेको छ ।

६१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको गाडीमा कम्पनीले ९९ किलोवाट क्षमताको मोटर उपलब्ध गराएको छ । फास्ट चार्जरमार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार हरेक १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो