2026-10-17 07:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल फाइनल खेलको टिकटबाट मात्रै क्यानले कमायो ५९ लाख

काठमाडौँ | जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ४ दिनको खेलहरुमा टिकट सोल्ड आउट भयो । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइजी लिगको उद्घाटन खेल, गत २२ गते (शनिबार), पहिलो क्वालिफायर र फाइनल खेलमा टिकट सोल्ड आउट भए ।

कूल १२ हजार दर्शक क्षमता भएको त्रिवि क्रिकेट मैदानमा क्यानले ११ हजार टिकट खल्तीमार्फत बेच्ने गर्छ । भीआईपीतर्फ ८०० र साधारणतर्फ १० हजार २०० टिकट क्यानले बेच्ने गरेको छ । अन्य केही पास भने क्यानले टिमका लगानीकर्ता, स्पोन्सर, सिद्धार्थ बैंक र एनसेलका लागि राख्ने गरेको छ ।

क्यानले फाइनल खेलका लागि भीआईपीतर्फको टिकट १००० रुपैयाँको दरले बेचेको छ। क्यानले भीआईपीर्फको ८०० टिकट बेच्दा ८ लाख रुपैयाँ आम्दानी गर्छ । त्यस्तै सधारणतर्फको १० हजार २०० टिकट ५०० रुपैयाँका दरले बेच्दा ५१ लाख आम्दानी गरेको छ ।

समग्रमा क्यानले फाइनल खेलमा टिकटबाट मात्र ५९ लाख आम्दानी गरेको छ। फाइनल खेलको टिकट खुलेको डेढ घण्टामै बिक्री भएको थियो । भीआईपी तर्फको टिकट भने १ मिनेटमै सोल्ड आउट भएको थियो ।

क्यानका प्रवक्ता छुम्बी लामाले पूरै टिकट बिक्रीको हिसाब अहिले नै गर्न नसकिने भए पनि खल्तीले हरेक दिन ११ हजार टिकट बिक्रीका लागि राखेको बताए ।

क्यानले एनपीएलको टिमहरु बिक्री गरेर मात्र करिब १७ करोड आम्दानी गरिसकेको छ । क्यानले खुला बिडिङ गर्दै आठ फ्रेन्चाइजीबाट १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै ब्रान्ड डिजिटल लजिक प्रालिलाई एनपीएलको कमर्सियल राइट्सको अधिकार बेच्दा क्यानले झण्डै ६ करोड प्राप्त गरेको छ ।

एनपीएल नेपाल क्रिकेट एशोसिएसन क्यानले आयोजना गरेको हो । झण्डै १ अर्ब रुपैयाँको बजेट लाग्ने आकलन गरिएको प्रतियोगिताका विजेताले नेपाली खेल इतिहासमै सबैभन्दा ठूलो रकमको पुरस्कार राशी पाउने छन् । विजेताले १ करोड ११ लाख पाउने छन् । उपविजेताले ५५ लाख पाउँदा तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन् ।

क्यान आफैंले आयोजना गरेकाले त्यसको प्रत्यक्ष फाइदा भने उसलाई हुने छ र त्यो रकम क्रिकेटको विकासका लागि खर्च गरिने क्यान सचिव पारस खड्का बताउँछन् ।

आम्दानीको ५० प्रतिशत रकम भने क्यानले ८ वटा फ्रेञ्चाइज टोलीलाई बाँड्नेछ । टीम किन्नका लागि ८ फेन्चाइजले १ करोडदेखि साढे ३ करोड रुपैयाँसम्म खर्च गरेका छन् । ८ वटामध्ये सबैभन्दा सस्तोमा खरिद भएको टीम कर्णाली याक्स हो । जसले १ करोड ११ लाख लगानी गरेको छ भने महँगोमा किनिएको टीम पोखरा एभेन्जर्स हो । जसलाई किन्न ३ करोड ५७ लाख रुपैयाँ खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु