२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एनपीएलमा सुदूरपश्चिमको तेस्रो जित, लुम्बिनी लायन्सको तेस्रो हार

२२ मंसिर २०८१, शनिबार १२:३२

काठमाडौँ | एनपीएलमा सुदूरपश्चिमले तेस्रो खेल जितको छ। यसअघि यसअघि विराटनगर किंग्स र काठमाडौँ गुर्खाजलाई पराजित गरेको सुदूरपश्चिमले आजको खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको हो । लुम्बिनीको भने यो तेस्रो हार हो । यसअघि लुम्बिनी विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
१८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा १४२ रन जोडेर ९ विकेट गुमाएको हो ।

लुम्बिनीका लागि बिबेक यादवले सर्वाधिक जोडे । उनले ५४ बलमा ७७ रन बनाएका हुन् |

यस्तै सन्दिप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् ।

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन र सैफ जैबले समान ३-३ विकेट लिए । यस्तै स्कट कुगेलेइनले २, अविनाश बोहराले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो।

सुदूरपश्चिम रोयल्सका लागि सैफ अली जैबले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ६० बलमा ९० रनमा बनाएर आउट भएका थिए । भने कप्तान दीपेन्द्र सिंहले १९ बलमा अजिवित रही ३९ रन बनाएका थिए |

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले १३ बलमा १७ रन बनाए भने ब्राण्डन म्याकमुलेनले १९ बलमा २३ रन बनाएका थिए |आरिफ शेख खाता नखोली आउट भएका थिए ।

बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले २ विकेट लिएका थिए । भने कप्तान रोहित पौडेल र विवेक यादवले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो