२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीविरुद्ध पोखराले सुरुवातमा ब्याटिङ गर्ने

२५ मंसिर २०८१, मंगलवार १२:४८

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को नवौं दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ।

टीयू क्रिकेट मैदानमा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले ब्याटिङ रोजेका हुन्। दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स तेस्रो जितको खोजीमा हुनेछ। कर्णाली चार खेलमा दुईमा जित र दुईमा हार ब्यहोर्दै चार अंक जोडेको छ ।

कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो। कर्णाली चर्चित खेलाडी शिखर धवन बिना नै आज मैदान उत्रदैछ।

यसअघिका ४ खेलमा कर्णालीले धवनलाई ओपनर ब्याटिङमा उतारेको थियो। धवन स्वदेश फर्किसकेका छन्। धवनले देव खनालसँग ओपनिङ ब्याटिङ गर्थे। अब धवनको विकल्पमा देवलाई साथ दिन कर्णालीले अर्को ओपनर ल्याउनुपर्ने हुन्छ। कर्णालीले रित गौतम वा वाल्टन जसलाई ओपनिङमा ल्याउने छ।
यता अंकतालिकामा पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौँ स्थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ। पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो। तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो। धवनको अभावको फाइदा उठाउने तयारीमा पोखरा छ। उत्कृष्ट खेलाडीको अभावमा पोखरा आफू हाबी हुने दाउमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो