२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीविरुद्ध पोखराले सुरुवातमा ब्याटिङ गर्ने

२०८१, २५ मंसिर मंगलवार १२:४८

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को नवौं दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ।

टीयू क्रिकेट मैदानमा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले ब्याटिङ रोजेका हुन्। दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स तेस्रो जितको खोजीमा हुनेछ। कर्णाली चार खेलमा दुईमा जित र दुईमा हार ब्यहोर्दै चार अंक जोडेको छ ।

कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो। कर्णाली चर्चित खेलाडी शिखर धवन बिना नै आज मैदान उत्रदैछ।

यसअघिका ४ खेलमा कर्णालीले धवनलाई ओपनर ब्याटिङमा उतारेको थियो। धवन स्वदेश फर्किसकेका छन्। धवनले देव खनालसँग ओपनिङ ब्याटिङ गर्थे। अब धवनको विकल्पमा देवलाई साथ दिन कर्णालीले अर्को ओपनर ल्याउनुपर्ने हुन्छ। कर्णालीले रित गौतम वा वाल्टन जसलाई ओपनिङमा ल्याउने छ।
यता अंकतालिकामा पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौँ स्थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ। पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो। तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो। धवनको अभावको फाइदा उठाउने तयारीमा पोखरा छ। उत्कृष्ट खेलाडीको अभावमा पोखरा आफू हाबी हुने दाउमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा