८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बारपाककी सुचिनाको हत्या : हत्याको १० दिनपछि पक्राउ परे गाउँकै मनशमशेर गुरुङ

२५ मंसिर २०८१, मंगलवार १८:०१

गोरखा | बारापाक सुलिकोट गाउँपालिका-१ निवासी १८ वर्षीया सुचिना घलेको हत्या गरेको अभियोगमा गाउँकै ४३ वर्षीय मनशमशेर गुरुङलाई पक्राउ गरेर सार्वजनिक गरिएको छ ।

सुचिनाको हत्यापछि नियन्त्रणमा लिएर सोधपुछ गरिएका करिब ५० जनामध्ये गुरूङ एक्लैले सुचिनाको हत्या गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र सुवेदी नेतृत्वको टोलीले गत मंसिर १८ गते बारापाक सुलिकोट गाउँपालिका-१ स्थित मैखर्कमा खाडलभित्र शव भेटिएको प्रकरणलाई एक साताको मिहिनेतपछि निष्कर्षमा पुर्‍याएको हो ।

प्रहरीले घटनाको नवौँ दिनमा आइतबार राति गुरुङलाई पक्राउ गरेसँगै यो हत्याकाण्डको गुत्थी पनि समाधान भएको छ । मंसिर १५ गते घाँस काट्न घरबाट निस्किएदेखि उनी बेपत्ता थिइन् ।

घटनालगत्तै बारपाकमै बसेर अनुसन्धानमा केन्द्रित प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवेदी नेतृत्वको टोलीले गुरुङको घरबाट उनले घटना सकारेको तथ्य पनि फेला पारेको छ ।

घटनास्थलमा भेटिएको टोपी र डोकोसँगको सम्बन्ध केलाउँदै जाँदा प्रहरीले गुरुङलाई समात्न सफल भएको हो । डीएसपी सुवेदीका अनुसार गुरुङले जंगलमा एक्लै देखेपछि सुचिनालाई बलात्कार गर्न खोजेका थिए । तर उनले प्रतिकार गरेपछि हत्या गरेर खाडलमा पुरेको पनि स्विकारेको सुवेदीले बताएका छन् ।

‘सोधपुछका क्रममा उक्त घटना आफूले नै गराएको भनेर लेखेको कागज पनि गुरुङको घरको दराजबाट बरामद भएको छ । घर खानतलासी गर्दा दराजमा ‘मेरो बयान’ शीर्षकमा ‘मबाट कुनै निर्दोष नारीको ज्यान गयो भन्ने व्यहोरा लेखिएको कागज बरामद भएको छ’, सुवेदीले भने, ‘अन्तिममा मन सम्शेर नाम लेखी हस्ताक्षर तथा औँठा छापसमेत लगाई राखेको एक पाना नोट फेला परेको छ । जुन प्रहरीको अनुसन्धानको महत्वपूर्ण भौतिक सबुत प्रमाण हो ।’

सुचिना गत मंसीर १५ गतेदेखि हराइरहेकी थिइन् । बेपत्ता भएपछि खोजतलास गर्दा उनको शव मंसीर १८ गते बारपाक सुलिकोट-१ स्थित मैखर्कमा खाल्डोभित्र भेटिएको थियो ।

अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा राखिएको छ । घटनामा संलग्नलाई कारबाही माग गर्दै आफन्तले शव बुझ्न नमानेपछि शिक्षण अस्पतालमै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुन पनि प्रतिवादी रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस्: गगन थापा फरार इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित