२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ड्स

२६ मंसिर २०८१, बुधबार ०९:०५

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ड्स सुरुवातमा बलिङ गर्ने भएको छ।

आज बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले बलिङ रोजेपछि सुदूरपश्चिमलाई सुरुमा ब्याटिङको निम्तो दिएको हो ।

शीर्ष स्थानको अपराजित जनकपुर बोल्ट्स र एक मात्र खेल हारको दोस्रो स्थान रहेको सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

अपराजित जनकपुर सुदूरपश्चिममाथि जित निकाल्दै प्लेअफ यात्रा पक्का गर्न चाहन्छ भने सुदूरपश्चिम जनकपुरमाथि जित निकाल्न चाहन्छ । जनकपुर अनिल शाहको

कप्तानीमा मैदानमा हुनेछ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एनपीएलमा अब्बल देखिएको छ।

यो भिडन्तको रोचक कुरा भने शेख दाजुभाइ प्रतिस्पर्धीका रुपमा मैदानमा हुनेछन्। कतिपयले यो खेललाई दाजुभाइ आरिफ र आसिफ शेखको भिडन्तका रुपमासमेत हेरेका छन्। जनकपुरका मार्की खेलाडी आसिफ विकेटकिपर ओपनर ब्याट्सम्यान हुन्। भने आरिफ सुदूरपश्चिमबाट खेल्दैछन्। उनी पेस बलर हुन्। दुवै दाजुभाइले

राष्ट्रिय टिममा सँगै खेले पनि उनीहरु पहिलो पटक फ्रेन्चाइज क्रिकेटमा आम्नेसाम्ने हुन लागेका हुन्।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो