२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पोखराविरुद्ध टस जितेर सुरुमा ब्याटिङ गर्दै विराटनगर

२७ मंसिर २०८१, बिहीबार ०९:०५

काठमाडौं | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार बिहानको खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेका हुन् । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुमा बलिङ गर्नेछ ।

आजको खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछन्।

जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान ४–४ खेल खेलेका छन् जसमा दुवैले एकमा जित र तिनमा हार बेहोरेका छन् ।

विराटनगर जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्ससँग पराजित भएको थियो भने लुम्बिनी लायन्समाथि जित निकालेको थियो ।

यस्तै, पोखराले चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्ससँग हार बेहोरेको थियो भने लुम्बिनी लायन्सलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीविरुद्धको प्रमाण कम्बोडियामा रहेका नेपालीले दिएका हुन्: दुर्गा प्रसाईं (बयानसहित) बिराटनगर भर्सेस पोखरा: ‘प्लेयर अफ द म्याच’ बने रेमन रेइफर सुपर ओभरमा बिराटनगरलाई हराउदै पोखराको दोस्रो जित सुपर ओभरमा पोखराले बिराटनगरलाई दियो १९ रनको लक्ष्य विराटनगर र पोखरा बीचको खेल सुपर ओभरमा रास्कोट अस्पतालमा हिनामिना भएको छैन, ‍रवि लामिछाने फाउन्डेसनमा शंका छ : मुकुल ढकाल पोखराले गुमायो पाँचौ विकेट हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार? सन २०३४ को फिफा विश्वकप साउदी अरेबियामा १० औं ओभरमा पोखराले बनायो ७८ रन रविलाई सातौँपटक म्याद थपका लागि अदालत उपस्थित गराइयो एनपीएलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृ-त्यु, २ घाइते पोखराविरुद्ध टस जितेर सुरुमा ब्याटिङ गर्दै विराटनगर रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै यस्तो रहने छ आजको मौसम ! एनपिएलमा आज पनि दुई खेल हुदैँ, पहिलो खेलमा विराटनगर र पोखराबीच हुँदै निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति