२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरासँग हारेपछि सन्दीपले भने- सुपर ओभरमा आफैँ बलिङ गर्ने निर्णय सही भएन

२७ मंसिर २०८१, बिहीबार १७:२७

काठमाडौँ | विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुपर ओभरमा आफैँ बलिङ गर्ने निर्णय सही नभएको बताएका छन्। हारपछि पत्रकारसँग कुरा गर्दै विराटनगर किङ्सका कप्तान लामिछानेले सुपर ओभरमा बलिङ गर्नका लागि आफूमा आत्मविश्वास रहे पनि निर्णय सही नभएको बताएका हुन्।

सन्दीपले राम्रो खेल्दाखेल्दै पनि कहिले कहीँ नतिजा आफ्नो पक्षमा नआउने र आजको दिन पनि आफ्नो नभएको प्रतिक्रिया दिए। दुई ओभरमा मात्रै पाँच रन खर्चिएका बसिर डेथ ओभरमा भने सम्हालिन सकेनन्। उनको अन्तिम बलमा छक्का प्रहार गर्दै पोखराले खेल सुपर ओभरमा धकेलेको थियो।

बसिरले राम्रो गर्दा गर्दै पनि अन्तिम एक बलले खेलको नतिजा जे पनि हुनसक्छ भन्ने आज भोगेको सन्दीपको भनाइ छ।
आफ्नो टोलीबाट खेलेका ११ जना खेलाडी नै उत्कृष्ट रहेको बताए। दोस्रो इनिङमा लक्ष्य पछ्याउन गाह्रो भइरहेकाले आफूले पहिले ब्याटिङ रोजेको उनको भनाइ छ।

उनले आफ्नो विकेट नआएमा पनि अन्य बलरले विकेट लिएको र कहिलेकाहीँ राम्रो गर्दा पनि विकेट नआउने भन्दै आफ्नो प्रदर्शनको बचाउ गरे। सन्दीपले पावर प्लेमा राम्रो गर्न नसकेको र विकेट निकाल्न सकेको भए खेलको अवस्था अन्तिमसम्म नपुग्ने र नतिजा आफ्नो पक्षमा हुने बताएका छन्।

पोखराका बलर विपिन खत्रीले सुपर ओभरमा जानुपर्ने लक्ष्य नभए पनि राम्रो ब्याटिङ हुन नसकेको बताए। तर रेमोन रेइफोर्टले अन्तिम ओभरसँगै सुपर ओभरमा पनि अलराउण्ड प्रदर्शन गरेपछि जित निस्किएको प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा