असार २३, राजविराज । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढीपीडितलाई सरकारले प्रतिपरिवार रु २५ हजारका दरले राहत दिने बताउनुभएको छ । 

सप्तरीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २३, राजविराज । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढीपीडितलाई सरकारले प्रतिपरिवार रु २५ हजारका दरले राहत दिने बताउनुभएको छ । 

सप्तरीक"/>

2026-06-30 11:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीपीडित परिवारलाई जनही २५ हजार राहत: प्रधानमन्त्री

2017-07-07


असार २३, राजविराज । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढीपीडितलाई सरकारले प्रतिपरिवार रु २५ हजारका दरले राहत दिने बताउनुभएको छ । 

सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवं विस्थापित क्षेत्रको स्थलगत निरीक्षणपछि तिरहुत गाउँपालिकाको मैनाकडेरीस्थित भेडियामा आज आयोजित कार्यक्रममा उहाँले घर निर्माणका लागि रु १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था मिलाइने र पीडित परिवारलाई जस्तापाता उपलब्ध गराइने आश्वासन दिनुभयो । 

राजविराज– कुनौली सडकखण्ड तुरुन्तै सञ्चालनमा ल्याइने जानकारी दिइँदै प्रधानमन्त्री देउवाले जिल्लामा बाढीबाट प्रभावित एवं पीडित परिवारलाई तत्काल राहत र खाद्यान्न सामग्री उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएकोे बताउनुभयो । 

स्थानीय प्रशासन यथाशीघ्र राहत वितरणको काममा तथा बाढीबाट भत्केका बाँध निर्माण र खोला एवं नदी नियन्त्रणमा जुट्न सम्बद्ध निकायसमेत लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । बाढी नियन्त्रणका योजनामा अनियमितताबारे अनुसन्धान गर्न संसदीय समिति गठन गरिने आश्वासन पनि उहाँले दिनुभयो । 

‘‘मोहुली र खाँडो नदीको बाढी नियन्त्रणमा विनियोजित बजेट अनियमितता गर्नेलाई कारबाही हुन्छ । त्यसका लागि संसदीय समिति गठन गरी तत्काल अनुसन्धान गर्न आग्रह गर्छु,’’ सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो । 

उहाँले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयबाट लहानमा नदी नियन्त्रणका नाममा भ्रष्टाचार भएको भन्ने गुनासोको पनि छानबिन हुने बताउनुभयो । 

सोही कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले बाढीबाट सङ्कटमा परेका परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा, औषधोपचार तथा स्वच्छ पानी र विद्युत् सेवा यथाशीघ्र उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको जानकारी दिनुभयो । 

बिहान करिब ११.३० बजे राजधानीबाट हेलिकप्टरमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री शर्मा, विभिन्न संसदीय समितिका सभापति र सप्तरीका केही सांसदले बाढी प्रभावित ठाउँमा पुगेर निरीक्षण गर्नुभएको थियो । 

प्रधानमन्त्री देउवाले डेढ किलोमिटर हिँडेर बाढीपीडितको अवस्था बुझ्नाका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सप्तरीको तिरहुत गाउँपालिका भेडियामा पुनःनिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरीक्षण गर्नुभएको थियो । 

सो अवसरमा प्रजिअ कृष्णबहादुर कटुवालले जिल्लामा बाढीबाट भएको क्षति र पीडित परिवारका लागि राहत र उद्धारबारे जानकारी दिनुभयो । कार्यक्रमपछि प्रधानमन्त्री, गृहमन्त्रीसहितले हेलिकप्टरबाट बाढी क्षेत्रको निरीक्षण गर्नुभएको थियो । 

एक हप्ता अगाडि आएको बाढीले जिल्लामा रहेका खाँडो, विगुल, त्रियुगा, महुली, सुन्दरी खोला, जितालगायत एक दर्जनभन्दा बढी खोला र नदीमा समेत पानीको बहाब बढेको छ। 

सो बाढीबाट कञ्चनरुप नगरपालिका तथा तिरहुत, रुपनी, तिलाठी कोइलाडी र कृष्णासवरण गाउँपालिकाका स्थानका दर्जनौँ गाउँमा पानी पसेर डुबानमा पारेको छ । बाढीबाट करिब एक हजार ५०० भन्दा बढी घर डुबानमा परेको बताइएको छ । 

बाढीले खोलाको बाँध ओभरफ्लो र केही ठाउँमा कटानसमेत भएर गाउँ बस्तीतर्फ पसेको थियो । सशस्त्र प्रहरी बेस क्याम्प बर्साइनको छेउमा आएको बाढीमा परी इलाम घर भएका २९ वर्षीय प्रहरी जवान सुमन आचार्यको बाढीको पानीको गहिराइ जाँच्ने क्रममा मृत्यु भएको थियो भने लौनियाँमा खोलाले बगाएर ल्याएको एक पुरुषको शव फेला परेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ