काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ३५ रन जोड्दा दुई विकेट गुमाएको छ।
ओपनर अर्जुन साउदलाई सोमपाल कामीले १३ रनमा पेभिलियन फर्काएलगत्तै क्रिजमा आएका कप्तान रोहित पौडेल १० रनमा जेसन मक्सुदको बलमा एलबिडब्लु आउट भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले जितका लागि १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
निर्धारित २० ओभरमा कर्णालीले ८ विकेट गुमाएर १ सय २८ रन बनाएको हो।